मङ्गलबार, १९ नोभेम्बर २०२४

अशोक राई नेतृत्वकाे नयाँ दललाई निर्वाचन आयोगले दियाे मान्यता

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएकाे छ। राईसहित जसपाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। आयोगले साेमबार आयोगले दल दर्ता गर्ने निर्णय हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी एकताबद्ध छौँ: नेकपा एस

नेकपा (एकीकृत समाजवादी) ले पार्टीले आफूहरु एकाताबद्ध रहेको बताएको छ। सोमबार संसद भवनमा बसेको संसदीय दलको बैठकले पार्टी फुटको हल्ला गलत रहेको निष्कर्ष निकाल्दै एकताबद्ध रहेको प्रतिबद्धता ब्यक्त गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले फर्किने चाहना हुँदा हुँदै ‘मेसाे’ नमिलेर छटपटिएकाे वामदेव गाैतमकाे दुखेसाे

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिनादेखि कुरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपा नेपालले भन्यो– बहुमत सदस्य हामीसँगै छन्, पार्टी फुटेको छैन

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका बहुमत केन्द्री सदस्य आफूसँग रहेको र पार्टी विभाजन नभएको बताएको छ। जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै जसपा विभाजन हुने कुनै आधार नरहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने गृहको निर्देशनमा छ।त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्णय पनि छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यमन्त्री कार्की उपेन्द्र यादवकै पक्षमा, भने- कुनै गुटसँग आबद्धता छैन

‘माननीय राज्यमन्त्री दिपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद् अधिवेशन सुरू हुनुअघि सभामुखले बाेलाए शीर्ष नेताहरुलाई छलफलमा

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको पार्टी पनि फुट्न लागेको हो? 

सत्ता साझेदारी गरेर पनि सत्ता गठबन्धनविरुद्ध नै बोल्दै हिँडेका माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि विभाजनको चर्चा सुरु भएको छ। यद्यपि नेकपा विभाजनका बेला एमालेबाट छुट्टिएका नेता-कार्यकर्ताबीच यो पार्टीभित्र पहिलादेखि नै विवादहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन, नेपाल कसरी जोडिन्छ?

नेपालमा पनि शिख समुदायको बसोबास छ। धेरैजसो गुरुद्वाराहरू भएका स्थानमा सीख समुदायको बसोबास हुन्छ। नेपालमा सामानहरू ढुवानी र ब्यापारका लागि ट्रकसहितका केही शिख समुदायका मानिसलाई तत्कालीन राजा महेन्द्रले नेपाल भित्र्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपाको पद विभाजन: केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उता रुसमा लडिरहेछन्, मरिरहेछन् अनि हराइरहेछन्, यता गुहार सुन्दैन सरकार 

श्रीमानको अवस्था बुझ्न कहिले त्रिपुरेश्वरको कन्सुलर विभाग, कहिले सिंहदरबार त कहिले बालुवाटरको रुसी राजदूतावास धाइरहेकी छिन्। उनी राजधानीमा सरकारका यी ढोका–ढोका धाउँदा पनि श्रीमानको अवस्था थाहा पाउन सकेकी छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कसले फुटायाे जसपा?

अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिँदैन। सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोगमात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासकाे मत

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो। भने, विपक्षमा २७ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो। मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

जसपामा फुट: नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता

सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल विभाजन भएकाे छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीको औसत आयु ७१.३ तीन वर्ष, जनसङ्ख्या वृद्धिदर घट्याे

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ। यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्। उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा एक टहरोमा आगलागी, एकै परिवारका पाँच जना घाइते

ललितपुरमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आइतबार आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेकाे छ।  आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा राखिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं