-(1).jpg)
बिएल संवाददाता
काठमाडौं
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।
ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो।
अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।