सोमबार, २८ अप्रिल २०२५

चारदेशीय सिरिज जित्न नेपालले पायो १७५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै

तस्बिरः क्यान
• • •

हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ।

नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए।

बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।

यतिबेला नेपाल जवाफी ब्याटिङमा उत्रेको छ। ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै २४ रन जोडेर खेलिरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?