सोमबार, २८ अप्रिल २०२५

सावित्रा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

News Image
• • •

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार बाट सम्मान गरिएको छ।

शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे। साम्बा हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा छिन्। उनी फुटबल खेल्नको लागि मुलुक बाहिर रहेकोले गर्दा उनको बुबाले पुरस्कार ग्रहण गरे।

साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले हालसम्म नेपालका लागि ५८ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?