
बिएल संवाददाता
दाङ
दाङको राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ। भने, एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाती कृष केसी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।
करेन्ट लाग्दा दिलसराका श्रीमान गोरखबहादुर केसी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल लगिएको सिंहले बताए।
उनीहरु तीनै जना घरको आगनमा बसेका थिए। शनिबार दिउँसाे साढे २ बजेतिर एक्कासी घरमाथि रहेको बिजुलीको तार चुँडिएर तीन जनालाई छोएको थियो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .