शनिबार, ०५ जुलाई २०२५

यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरू

News Image
• • •

प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरू सार्वजनिक गरिएको छ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनी शुक्रबार अपराह्न स्वदेश फिर्ता भएका हुन्। 

भ्रमणपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले भ्रमण सफल रहेको जानकारी दिंदै भ्रमणका उपलब्धीहरू सार्वजनिक गरेका छन्।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेको, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता,स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उनको भेटवार्ता भएकोलगायतलाई भ्रमणको उपलब्धी मानिएको छ।

यस्ता छ ओली भ्रमणका उपलब्धीहरू-

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?