सोमबार, ३० जुन २०२५

दुर्गा प्रसाईंले ‘आओ-आओ’ भन्दै प्रहरीमाथि गाडी चलाउँदा भिडियो खिच्ने पत्रकार ५ हजार धरौटीमा रिहा

News Image
• • •

गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईंको गाडीमा बसेर भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाल धरौटीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थुनछेक बहसपछि नेपाल पुकार युट्युव च्यानलका सञ्चालक दाहाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

राजावादी आन्दोलन हिंसात्मक बनेपछि दुर्गा प्रसाईंले प्रहरीमाथि गाडी चलाउने प्रयास गरेका थिए। सोही क्रममा उनले उत्तेजक भिडलाई ‘आओ-आओ’ भन्दै उकास्दै अन्धाधुन्ध‍ गतिमा गाडी चलाएका थिए। उनको भिडियो सोही गाडीमा सँगै बसेका दाहालले खिचेका थिए।

सो भिडियो सामाजिक सञ्चालमा भाइरलसमेत भएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?