सोमबार, ३० जुन २०२५

आज पनि पेलेरै अघि बढे सभामुख, रास्वपा र राप्रपाको विरोध जारी

News Image
• • •

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आजको बैठकमा पनि अवरोध गरेका हुन्।

सोमबारको बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए।

उनीहरूले आफ्नो धारणा राख्दै आफ्ना मागबाट पछि नहट्ने बताएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका हुन्।

राप्रपा र रास्वपाको अवरोधकाबीच प्रतिनिधि सभामा बजेटमाथि धारणा राख्ने कार्यक्रम जारी छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?