मङ्गलबार, ०१ जुलाई २०२५

विशेष कारण देखाउँदै प्रतिनिधि सभा बैठकको समय परिवर्तन

News Image
• • •

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ।

मंगलबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, ०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?