
बिएल संवाददाता
काठमाडौं
रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ।
आइतबार दिउँसो साढे १ बजेतिर केरूङबाट काठमाडौं आउँदै गरेको बा४ख ६२०१ नम्बरको गाडीमा लुकाएर ल्याइएको सुनसहित चालकलाई रसुवा प्रहरीले पक्राउ गरेको हो।
७ वटा सुनका बिस्कुटसहित एकजना पक्राउ परेका र बरामद गरिएको सुन भन्सार कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।
सुनको तौल पत्ता लागिसकेको छैन। यतिबेला सुन जोख्ने काम भइरहेको उनले बताए। प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले चालकको परिचय खुलाइएको छैन।
१ .
२ .
३ .
४ .
५ .