
बिएल संवाददाता
काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ।
दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा संलग्न भएको आरोपमा अख्तियारले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तत्कालिन सञ्चारमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर एकल निर्णय गरी कार्यान्वयनका लागि प्रधिकरणलाई निर्देशन दिएको अख्तियारको ठहर छ। मन्त्रीको निर्देशन अनुसार दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी कानुन विपरीत काम गरेको अख्तियारले दाबी गरेको छ।
पूर्वमन्त्री मोहन बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार रायविरुद्ध मुद्दा दायर भएको छ।
त्यस्तै उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
बस्नेतसहितविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिरहँदा उक्त प्रकरणमा जोडिएका चर्चित राजनीतिक पात्रहरू र पूर्व प्रशासकहरूले भने उन्मुक्ति पाएका छन्।
सोही प्रकरणमा जोडिएका दुई पूर्वसञ्चारमन्त्रीहरू हुन्- कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र एमाले सांसद गोकुल बास्कोटा। त्यस्तै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले टेरामक्स प्रकरणमा उन्मुक्ति पाएका छन्।
एकै प्रकरणमा जोडिएका एउटा मन्त्रीविरुद्ध मुद्दा दायर हुँदा अन्यले उन्मुक्ति पाएपछि अख्तियारको अभियोजनमा प्रश्न उठेको छ।
तर अख्तियार स्रोतले पूर्वमन्त्री बस्नेतको एकल निर्णयले भ्रष्टाचार भएको दाबी गरेको छ। स्रोतका अनुसार उनी प्रत्यक्ष जोडिएकाले विरुद्धमा मुद्दा दायर गरिएको हो। तर, कार्की, बास्कोटा र अर्याल प्रत्यक्ष नजोडिएकाले मुद्दा चलाउनुपर्ने स्थिति नरहेको स्रोतको दाबी छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .