
बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगेर ओलीसँग सभापति देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटवार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।