सोमबार, २८ अप्रिल २०२५

कांग्रेस सांसद राईलाई तीनदिन हिरासतमा राख्न अनुमति

News Image
• • •

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

अदालतबाट पक्राउपूर्जी जारी भएपछि लामो समयदेखि फरार रहेकी सांसद राईलाई शनिबार राति प्रहरीले कपनस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?