
बिएल संवाददाता
काठमाडौं
आफूलाई हिन्दुराष्ट्रको हिमायतीको रुपमा परिचय गराउँदै आएका धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनले आफूलाई निवासबाटै पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराएका हुन्।
काठमाडौँ प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान उनलाई इमाडोलस्थित घरबाटै पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्।’
उनी शुक्रबारको हिंसात्मक राजावादी आन्दोलनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै गरेको देखिएका थिए।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .