
बिएल संवाददाता
काठमाडाैं
धनुषामा सिमापार तस्करहरू र सशस्त्र प्रहरीबीच भीडन्त भएको छ। बिहीबार साँझ ७ बजेतिर गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्करहरूले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएङ्का छन्।
तस्करीका सामानहरू बगैचामा लुकाएको खबर पाएपछि सशस्त्र प्रहरीको टोली वैदेही नगरपालिकासँग जोडिएको भारतीय सिमाना नजिकै पुगेको थियो।
उक्त टोलीमाथि तस्करको समूहले ढुङ्गामुढा र घरेलु हतियार प्रहार गरेका थिए। त्यसक्रममा प्रहरीले चार राउण्ड गोली चलाएको थियो भने अश्रुग्यास पनि प्रहार गरेको थियो।
१ .
२ .
३ .
४ .
५ .