
बिएल संवाददाता
काठमाडौं
काठमाडौंको सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट उद्घाटन भएको छ।
सोमबार अन्तर्राष्ट्रिय ट्रायल धावक अर्जुन कुलुङ राईले रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरेका हुन्। नयाँ आउटलेटको उद्घाटनको अवसरमा एक्स्टेपले ‘माइल्स फर फ्रेस एयर’ नाराको पाँच किलोमिटर दौडको आयोजना पनि गरेको थियो।
दौडमा अर्जुनसहित आठ जना ट्रायल रनरले भाग लिएका थिए। अर्जुनसहित मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, दावा तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए।
धावकधाविकाहरूले एक्सटेप ब्राण्डका पोशाक र जुत्ता लगाएर दौडेका थिए। सहभागीहरूले एक्सटेपको स्पोर्ट्स गियर लगाएर दौडिँदा सहज महसुस भएको प्रतिक्रिया दिए। आयोजकले दौडमा सहभागी धावकधाविकाहरूलाई एक्सटेप ब्राण्डका पोशाकसहित गिफ्ट ह्याम्परसमेत प्रदान गरेको थियो।
सिटी स्क्वायरको आउटलेटबाट एक्सटेप ब्राण्डका सामान खरिदमा १५ दिनसम्म आकर्षक छुटको अफर चलिरहेको एक्सटेप सोरुमका अर्जुन भट्टराईले बताए।