सोमबार, ०५ मे २०२५

दमकको ढावा होटलमा महिला मृत फेला

News Image
• • •

दमक झापाको दमक-६ स्थित ढावा होटल एण्ड लजमा एक महिला मृत फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा, शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाँडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला आइतबार मृत भेटिएकी हुन्।

होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलमा कोठा लिएर बसेकी थिइन्। आइतबार दिउँसोसम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको बताएको छ। ती महिला विवाहित भएपनि यसअघि नै सम्बन्ध विच्छेद भइसकेको खुलेको छ।

उनी हालसालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन्। होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ती महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन्।

उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान र कानूनी प्रकृया अघि बढाएको जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?