सोमबार, १८ नोभेम्बर २०२४

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

News Image
• • •

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्।

पाँच दिने भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन्।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?