बिएल संवाददाता
काठमाडाैं
भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार काठमाडाैं आइपुगेका हुन्।
दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाेछ।
त्याेसँगै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।