बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर २१ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई जनाकारी गराएको हाे।
‘आज प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उहाँ काम विषेशले काठमाडौं उपत्यकाबाहिर रहनु भएको हुँदा फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु’, प्रधानमन्त्रीको कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले भनेका छन्।