सोमबार, १८ नोभेम्बर २०२४

संसदमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप

News Image
• • •

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए।

राप्रपाका सांसद शाहीले सरकारले बालकुमारी घटनाका दाेषीलाई कारबाही नगरे सदन नचल्ने चेतावनी दिए। यस्तै सांसद गिरीले सरकार बहुमतको हो भने विधेयक पास गर्न र हाेइन भने सरकारबाट हट्न चुनौती दिए।

रास्वपाका सांसद श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन चेतावनी दिए। साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए।  

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?