मङ्गलबार, २९ अप्रिल २०२५

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै, सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?

बिएल संवाददाता

बिएल संवाददाता

विनिता दाहाल

News Image
• • •

ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

राजधानी काठमाण्डूलगायत देशका ठूला सहरहरूमा त्यस्तो सेवा दिने सेन्टरहरू पनि विस्तार भइरहेका छन्।

फर्टिलिटी सेन्टर वा आइभीएफ क्लिनिक नाम दिइएका त्यस्ता केन्द्रहरू पछिल्ला वर्षहरूमा बढ्दो सङ्ख्यामा सञ्चालनमा छन् जहाँ नि:सन्तान जोडीले सन्तान जन्माउनका लागि गरिने उपचार मात्रै नभई विवाहपूर्व नै आफ्नो डिम्ब वा शुक्रकीट भविष्यका लागि सञ्चित गरेर राख्न चाहनेहरू पनि जाने गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?