सोमबार, २८ अप्रिल २०२५

भन्न पो भा' छैन, एमालेको समस्या कसलाई थाहा छैन!

News Image
• • •

एउटा चर्चित गीति थेगो छ — मुख खोलेर भन्न पो भा' छैन, तर कल्लाई थाहा छैन!

नेकपा एमालेको आन्तरिक जीवनमा अहिले यो गीत बढी नै मेल खान पुगेको छ।

एमालेका कार्यकर्ता पार्टीले बेहोरिरहेको आन्तरिक संकटसँग परिचित छन्। समस्याको गुह्य के हो र समाधान कहाँ अड्किएको छ भन्ने सांगोपांगो पनि उनीहरूलाई थाहा छ। तर उनीहरू थाहा भएर पनि केही बोल्न नसक्ने निरीह पात्र बन्न पुगेका छन्।

र, सायद माथिको गीतझैं भित्रैदेखि महसुस गरिरहेका छन् — मुख खोलेर भन्न पो भा' छैन, एमालेको समस्या कसलाई थाहा छैन!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?