मङ्गलबार, २९ अप्रिल २०२५

रविको मुद्दा १० दिनभित्रै बुझाइने, सम्पत्ति शुद्धीकरण र ठगीमा के भेटियो प्रमाण ?

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ । 

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे (छवि)लाई पक्राउ गरेको मंगलबार ८० दिन पुगेको छ । प्रहरीले छविसँगै रविविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गरिरहेको छ । रविविरुद्ध पटक–पटक अदालतबाट म्याद थप भएपनि एउटै प्रकरण भएकाले छविकैमा गणना हुँदा अब १० दिनभित्र मुद्दा बुझाउनुपर्ने भएको हो । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?