
बिएल संवाददाता
काठमाडौं
२०५२ साल फागुन १४ गते गोरखा बारपाक सुलिकोट–८, पन्द्रुङस्थित ब्रह्मचारिणी निमाविमा अध्ययनरत एक विद्यार्थीले सुरक्षा फौजको गोली लागेर ज्यान गुमाएका थिए। सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए।
तत्कालीन विद्रोही माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको १४ औँ दिनमा भएको घटना थियो त्यो। माओवादीलाई सहयोग गरेको आरोपमा साविक ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई विद्यालयबाटै सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए।
वीरबहादुरलाई छुटाउन विद्यालयबाट शिक्षक र विद्यार्थीसमेत गएका थिए। बाटोमै झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर दिलबहादुर रम्तेलले ज्यान गुमाए। उनका साथी रामप्रसाद भट्ट गम्भीर घाइते भए।
१ .
२ .
३ .
४ .
५ .