बिएल संवाददाता
काठमाडौं
२०७८ साल कात्तिक महिना देश कोरोनाको लकडाउनमा थियो। घरमै लक्ड भएकी थिइन्, भक्तपुर ठिमीकी सुस्मिता पोखरेल।
मान्छेको भीडले राजधानी यसै पनि कोरोनाकालमा त्राहिमान थियो। उस्तै त्राहिमानमा सुस्मिता नहुने कुरै भएन। तर २०७८ साल कात्तिकको त्यो एक दिनको बिहानले उनलाई त्राहिमानका चालहरू थप बढायो।
त्यो बिहान उनलाई खाना खाँदा घाँटीमा केही अड्किएको जस्तो भएको थियो। जुन उनलाई सामान्य लागेको थियो। उस्तै प्रकृया दुई–तीन दिन दोहोरिएपछि सुस्मिताले नाक, कान, घाँटीको चेक गरिन्। केही भेटिएन। चिकित्सकको सल्लाहअनुसार एक दिन उनी ललितपुर निदान अस्पतालमा पुगिन्। निदान अस्पतालमा रगत इन्डोस्कोपी गर्दा पेटमा घाँउ देखियो। पेटको घाउ त क्यान्सर पो रहेछ।
त्यसैले उनलाई कोरोनाले त्रसित बनाएको समयमा क्यान्सरले त्रासका ग्राफहरुमात्र बढाएन, अब बाँचिदैन कि भन्नेसमेत उनलाई सोच आयो। ‘क्यान्सरको शब्द सुनेपछि मत छागाँबाट खसेझै भए। रुन मन पो लाग्यो। आँसु बरर आयो’, उनी भन्छिन्।
नर्भिकमा क्यान्सरसम्बन्धि चेक गर्दा उनलाई दोस्रो स्टेजको क्यासर भएको थियो। अनि उनी परिवारसँग सल्लाह गरेर भारतामा उपचार गराउन पुगिन्। भारत राजीव गान्धी क्यान्सर अस्पतालमा उनले उपचार गरिन्। माघ १४ गते पहिलो पटक सुस्मितालाई ४८ घण्टाको चार वटा किमो चढाइन्। ६ महिनापछि नेपालकै निदान अस्पतालमा सर्जरी गरिन्।
किन उनी भारत गइनन्रु देशनै लकडाउनमा भएपछि भारतमा उपचार गर्न जाननै पाइनन्। ६ महिना कुर्दा पनि लकडाउले गर्दा भारत जान नपाएपछि असोज ४ गते उनले नेपालमै पेटको सर्जरी गरिन्। सुस्मितालाई सर्जरीपछि शरीरमा परिवर्तन देखिन थाल्यो। निरन्तर वान्ता भयो। खाना रुच्न छाड्यो। उनलाई पिर भयो कतै सर्जरी नराम्रो त भएनरु नेपालमा सर्जरी गरेर गल्ती त गरिनरु समस्याले थलिएपछि मनमा कुरा खेलिरह्यो उनमा।
तर चिकित्सले यसलाई सामान्य रुपमा लिए। अप्रेसनको असर भनिदिए। हो पनि रहेछ। पछि निको हुँदै गयो। यति गर्दा वर्ष दिन भइसकेको थियो। लकडाउन केही हल्का भएको थियो। अनि सुस्मिता भारतमा गइन्। भारतमा चेक गरेपछि त उनको क्यासर निको भइसकेको रहेछ। अर्थात पहिले जस्तो समस्या उनमा रहेनछ।
रिर्पोटमा क्यान्सर नभएको पुष्टि भएपछि म त खुसीले आँसु झरे नि’ उनले बिएल नेपाली सेवासँग खुसी व्यक्त गरिन्। सुस्मिताले दुई वर्षपछि क्यान्सरलाई जितिन्। ‘क्यान्सर उपचारपछिको जीवन निकै भयावह हुन्छ,’ उनले भनिन्, ‘म त निकै भाग्यमानी रहेछु, बुझ्ने परिवार, श्रीमान पाएँ।
सबैको मायाले पनि यो क्यान्सर रोग निको भयो होला।’ उनी अहिले ६–६ महिनामा फलोअपका लागि भारतमा जाने गर्छिन्।
क्यान्सरसँग लड्न सिकाउँदै सुस्मिता
क्यासरलाई अहिले पनि मान्छे मार्ने रोगकका रुपमा हेरिन्छ। सुस्मितालाई पनि लागेको थियो कि अब म बाँच्दिन होला। तर उनले क्यासरलाई जितिन्। उनलाई अहिले लाग्छ क्यान्सर रोग त अन्य रोग जस्तै त रहेछ। समयमै उपचार पाएमा निको हुनेरहेछ। परिवारको माया पाए निको हुने रहेछ। आत्मवल बलियो बनाउन सके क्यासर निको हुनेरहेछ।
‘क्यान्सर जित्नका लागि धेरै गाह्रो रहेनछ। स्वास्थ्यको ख्याल गर्नुपर्छ। घरबाट माया पाउनुपर्छ। अनि समयमै उपचार गर्नुपर्छ’, उनी भन्छिन्, ‘र धेरै आफै गुपचुप नबसेर साथीभाइहरूसँग बस्नुपर्छ समाउनुपर्छ। क्यासर जित्न सहज हुन्छ।’ र उनी अहिले आफूले क्यासर कसरी जित्न सकिने रहेछ भनेर अरुलाई पनि ज्ञान बाड्दैछिन्। गाउँगाउँमा पुगेर भ्रम र यथार्त भन्दैछिन्।
साथीबाट नेपाल क्यान्सर सर्भाइभर सोसाइटीसँग जोडिएर उनले क्यान्सरका बिरामीलाई काउन्सलिङ गर्दैछिन्। ‘कुनै क्यान्सर लागेको मान्छेलाई भेटिएमा क्यान्सरकोबारेमा हौसाल दिन पयो भने म आफैलाई गर्व लाग्छ’, सुस्मिता सुनाउँछिन्, ‘भारतको अस्पताल जस्तो यहाँ बनाउन अब हामी लड्नुपर्छ। विदेशी डाक्टरलाई हामीले धनी नबनाऔँ। नेपालको पैसा विदेशमा खर्च नगरौँ।’
(भिडियाे)
भिडियो युट्यबको ड्राफ्मा छ