बिएल संवाददाता
काठमाडौं
पृथ्वीको वातावरणमा खराबी भए विभिन्न देशको मौसम र हावापानी बिग्रिने भएजस्तै हाम्रो पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमै खराबी आउँछ, यसले मस्तिष्कमा पनि समस्या पर्छ। अर्थात मानसिक रोग केवल पेटको स्वास्थ्य राम्रो पारे ठीक भइहाल्छ भन्नेचाहिँ होइन।
तर,भोजनले मानसिक स्वास्थ्यको उपचार गर्न औषधिसँगै महत्त्वपूर्ण भूमिका भने खेल्न सक्छ। यसैलाई ध्यानमा राखेर गरिएका अनुसन्धानहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि भोजनहरूको ठूलो भूमिका रहेको देखाएका छन्।
पेट र मस्तिष्कबीच ठूलो सम्बन्ध छ भनी वैज्ञानिक हिसाबमा सिद्ध भएरै पेटलाई ‘दोस्रो मस्तिष्क’ मानिएको हो। डाक्टर जर्ज पोस्टर फिलिपनले झन्डै १०० वर्षअघि नै भोजन र मानसिक स्वास्थ्यबारे ‘सानो’ भए पनि अनुसन्धान गरेका थिए।
उनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरूलाई उपचार गर्ने क्रममा चाल पाए– मानसिक अवसाद भएका केही बिरामीलाई धेरै कब्जियत हुने, छाला फुस्रो हुने र अल्छी लाग्ने भएको छ।
मानसिक रोगीलाई कुपोषण पनि थियो। जर्जले सोही अस्पतालका मानसिक बिरामीलाई अन्य उपचार गर्नुका साथै पेट ठीक पार्न स्वास्थ्यकर खाना पनि दिए। उनले भोजनका साथै केफिर (युरोपमा पाइने विशेष प्रकारको बाक्लो दही जसले कब्जियत हटाउन र खाना पचाउन मद्दत गर्छ) पनि दिए।
डा. जर्जले यसरी ‘उदासीको समस्या’ भएका बिरामीलाई उपचार गर्दा तीमध्ये ११ जना पूर्णरूपमा निको भए, १२ जनालाई धेरै राम्रो भयो।
यो सानो अध्ययनले हाम्रो मानसिक स्वास्थ्य राम्रो हुनुमा हाम्रो पेटमा रहेका स्वास्थ्यकर कीटाणुहरूको ठूलो भूमिका हुने देखायो। हुन त यतिकै भरमा मानसिक तनाव वा अन्य मानसिक रोगको उपचार गर्न त सकिन्न, तर जर्जको अध्ययनपछि चिकित्सकहरू पेटका कीटाणु र मानसिक स्वास्थ्यबीच सम्बन्ध छ भन्नेमा गम्भीर हुन थाले।
यद्यपि यो विचारलाई व्यवहारमै परिवर्तन गर्न पूर्णरूपमा अझै पनि सकिएको छैन। पृथ्वीको वातावरणमा खराबी भए विभिन्न देशको मौसम र हावापानी बिग्रिने भएजस्तै हाम्रो पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमै खराबी आउँछ, मस्तिष्कमा पनि समस्या पर्छ। यसको अर्थ मानसिक रोग केवल पेटको स्वास्थ्य राम्रो पारे ठीक भइहाल्छ भन्नेचाहिँ होइन।
तर, भोजनले मानसिक स्वास्थ्यको उपचार गर्न औषधिसँगै महत्त्वपूर्ण भूमिका भने खेल्न सक्छ। यसैलाई ध्यानमा राखेर गरिएका अनुसन्धानहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि भोजनहरूको ठूलो भूमिका रहेको देखाएका छन्।
पेट र मस्तिष्कबीच ठूलो सम्बन्ध छ भनी वैज्ञानिक हिसाबमा सिद्ध भएरै पेटलाई ‘दोस्रो मस्तिष्क’ मानिएको हो। हाम्रो पेटका अर्बौं कीटाणु–जीवाणु भोजनले नै स्वस्थ वा अस्वस्थ हुने गर्छन्। अनि तिनै कीटाणु–जीवाणुले हाम्रो भावनाको उतार–चढावमा भूमिका खेल्छन्।
आयुर्वेदमा भनिएको छ, ‘खानाले मान्छेको मन र व्यवहारमा पनि फरक पार्छ।’ अर्को भनाइ छ, ‘शरीर स्वस्थ भयो भने मन पनि स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ हुन्छन्।’ मस्तिष्कबाटै हाम्रो भावना, दुःख, सुख, क्रोधलगायतका क्रिया परिचालित हुन्छन् भनेर सबैजसोलाई थाहा छ। तर हामीमध्ये कमैलाई थाहा होला, हाम्रो पेटमा पनि मनलाई प्रभाव पर्ने तन्तु हुन्छन्।
पेटको स्वास्थ्यसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनमा अल्जाइमर, पार्किन्सन, चिन्ता, अवसादलगायतमा पनि पेटमा भएका कीटाणु–जीवाणुले भूमिका खेल्छन् भन्ने सिद्ध भएको छ। आन्तरिक रस (हर्मोन) हरूमध्ये सेराटोनिन यस्तो तत्त्व हो जसले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति गराउँछ।
सेराटोनिनको कमी भए मन उदास हुन्छ। सेराटोनिन मस्तिष्कमा पनि उत्पन्न हुन्छ तर, ९ प्रतिशतचाहिँ पेटमै निस्किन्छ। जुन तत्त्वले पेटमा उत्पन्न भएपछि मस्तिष्कको कामलाई नियन्त्रण गर्छ, त्यो पेट पनि त स्वस्थ हुनुपर्यो नि !
पेटको स्वास्थ्य राम्रो राखिराख्न क्याल्सियम, फोलिक एसिड, भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वले सघाउँछन्। यी सबै तत्त्व हाम्रो भोजनमै पाइन्छन्, खालि खाना स्वास्थ्यकर चाहिँ खानुपर्यो। पत्रु खाना, नुन–चिनी बढी भएका खाना खाँदा मधुमेह, उच्च रक्तचाप हुन सक्छ।
स्वास्थ्यकर खाना र व्यायाम, असल जीवनशैलीबाट यस्ता समस्या कम हुन्छन्। मधुमेह भएका मानिसलाई मानसिक अवसादको सम्भावना बढी हुन्छ। तनाव धेरै हुने मानिसलाई मधुमेहको सम्भावना पनि उत्ति नै हुन्छ।
हामीले मस्तिष्क राम्रो पार्न एक प्रकारको भोजन, पेट र मुटु स्वस्थ राख्न अर्को प्रकारको भोजन गर्नै पर्दैन। जुनसुकै स्वस्थ खानाले मुटु, मिर्गौला, पेट स्वस्थ राख्न मद्दत गर्छ। स्वास्थ्यकर भोजन गरिए मुटु, मिर्गौला, मन र मस्तिष्क स्वस्थ हुन्छन्।