बिएल संवाददाता
काठमाडौँ
स्ट्रोक रोगकाे नाम सुन्दा कतिपयलाई नयाँ रोग जस्तो लागेको होला। तर यो रोग नयाँ भने होइन। बरु यो रोगले रुप फेर्दै गएको छ। पहिले बृद्ध अवस्थामा यो रोग लाग्ने गर्थो। तर अहिले युवा अवस्थामा पनि देखिन थालेकाे चिकित्सक बताउँछन्।
अर्को कुरा यो रोग लागेमा बाँच्ने सम्भावना ५० प्रतिशत मात्रै हुने बताइन्छ।
राेग लागेमा ५० प्रतिशतमात्र बाँच्ने सम्भावना हुने स्ट्रोक भनेको के हो? लक्षणहरू कस्ता हुन्छन्? रोग लाग्न नदिन केके गर्न सकिन्छ? उपचार विधि र खर्चकाबारेमा आज हामी जानकारी गराउने छौँ।
प्रस्तुत छ स्ट्रोक रोगका विषयमा इन्र्टभेन्सलन न्यूरोसर्ज डा.प्रसन्ना कार्कीसँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले गरेको भिडियो कुराकानी:
स्ट्रोक कस्तो खालको रोग हो?
यो रोग लागेमा ब्रेनको रगतको नली फुट्छ। यो पनि दुई प्रकारको हुन्छ। रगतको नली क्लट (जम्नु) भएर रोकियो भने रगत रोकिएपछिको भाग सबै ब्रेन सुकेर वा मरेर जान्छ।
रगतको नसा फुलेर फुट्यो भने हेमोरेजिक स्ट्रोक भनिन्छ। यसमा रगत जम्मा हुन्छ, हामीले सिटिस्क्यान गर्दा सेतो र रगत देखिन्छ। यस्तो अवस्थामा ब्रेन खोलेर नै सर्जरी गर्नुपर्छ।
अर्को खालको रगतको नली ब्लक भएको अवस्थामा इस्केमिक स्ट्रोक भनिन्छ। इस्केमिक स्ट्रोकमा इन्र्टभेन्सन विधि राम्रो हुन्छ।
स्ट्रोक दुई किसिमको भन्नुभयो बढी जोखिम कुन हुन्छ?
अहिले हाई ब्लडप्रेसर बढ्दो छ। जहाँ पनि हाइ ब्लडप्रेसरको कारणले औषधिहरू खाँदा बिरामीमा हेमोरेजिक स्ट्रोक बढी देखिन्छ। मुटुको समस्या भएको मुटु बिस्तारै धड्किनी, राम्रोसँग मुटुलाई पम्प गर्ने वा नगरेको अवस्थामा एकैचोटी ब्रेनमा स्ट्रोक हुन्छ। यसलाई इस्केमिक स्ट्रोक भिनन्छ।
तर, अहिले हेमोरेजिक स्ट्रोक बढी छ।
यो रोग कुन उमेरकालाई हुन्छ?
इस्केमिक स्ट्रोकमा धेरै जस्तो बढी उमेरमै हुनु पर्ने हो। जस्तै ५०–६० वर्षको उमेरलाई देखिन्छ। तर, पछिल्लो समयमा हेर्दा डाटको अनुसार ३०–४० वर्षमा भएको देखिन्छ।
३०–४० वर्षका देखिनुको कारण सानोदेखि मुटुको समस्या भएको कारणले यदि औषधि खाइरहेको समयमा छोड्दा पछि गएर स्ट्रोक हुनेगर्छ। जति उमेर बढ्दै गयो उति नै रगतको नली खुम्चिदै जाने। बिग्रिदै जाने, मुटुको धड्कन निरन्तर नहुने, ब्लड प्रेसरको रोगी भएको बिरामीलाई देखिन्छ।
तर, यस्तो रोग आजभोलि युवायुवातीमै देखिन्न थालेको छ।
के यो रोग एकदेखि अर्को ब्यक्तिमा सर्छ?
यो रोग सरुवा रोग होइन। यो रोगलाई बंशानुगत पनि भन्न मिल्दैन। यो ब्यक्तिमा भर पर्छ। जस्तै चुरोड, प्रेसरको रोग, कोलेस्टोर भएको छ भने यो रोग लाग्छ।
सुरुवातीमा यसको लक्षण के–के देखिन्छ?
इस्केमिक स्ट्रोकको लक्षणमा फास्ट भनेर नामकारण गरिएको छ। फास्ट भनेको एफ–फेस(अनुहार बगिनु ) ए–आम (एक साइडको मात्रै हात नचल्नी कमजोरी हुने) यस–स्पीज (बोली लरबराउने वा ब्रेनमा भएको कुरा बोल्न नसकिने) हुन्छ।
के यो रोग हार्टअट्याक जस्तै हो?
हार्टअट्याक हुने बितिकै बाँयापट्टि दुख्छ। तर ब्रेन अट्याक हुँदा अलिकति अनुहार बाङ्गो हुन्छ। तर यसलाई सामान्य रुपमा लिनु हुँदैन। सामान्य रुपमा लिए जीवनभर प्यारालासिस हुन सक्छ। याे हार्टअट्याक रोग र ब्रेन अट्याकमा फरक हुन्छ।
के कारणले लाग्छ?
इस्केमिक स्ट्रोक रोग मुटुको समस्या, हाइब्रोटेनसन, चुरोट, कोलस्ट्रोर हाई भएकाले कुनैपनि नियन्त्रण छैन भने ब्रेनमा पुगेर क्लाट भएर ब्रेनको नशामा अड्किनी वा खुम्चिने हुन्छ। जब रगत ब्रेनमा नपुक्दा ब्रेनको नलीहरू सुक्दै जान्छ। यस कारण इस्केमिक स्ट्रोक हुने गर्छ।
उपचार खर्च कति लाग्छ?
इन्र्टभेन्सन भनेको नयाँ टेक्निक हो। समानहरू सबै नयाँ हुन्छन्। इनप्लान राख्नुपर्यो भने खर्च छुट्टै लाग्छ। तर, इन्र्टभेन्सन गर्यो भने फाइदा के छ भने बिरामीलाई छिट्टै निको हुने सम्भवना हुन्छ।
कुनै–कुनै बिरामीहरू २४ घण्टामै डिस्चार्ज हुन्छ। जबकि हामीले ओपन सर्जरीमा पाँच–छ दिन लाग्छ। किनभने यसमा ब्रेन खोलेकोले आईसुमा पाँच छ दिन राख्नै पर्ने हुन्छ।
थ्रोमबेक्टोमी उपचारमा रगतको नली निकाल्ने उपचारमा लगभग चारदेखि पाँच लाखसम्मको खर्च आउन सक्छ।
स्ट्रोक भने बाँच्ने सम्भवना कति हुन्छ?
इस्केमिक स्ट्रोक हेमोरेजिक स्ट्रोक जुनै पनि स्ट्रोकलाई पचास प्रतिशत मात्रै बाँच्ने सम्भवना हुन्छ।
सुझव केही छ?
रोग लगेपछि मात्रै उपचार गराउने होइन। हाम्रो स्वास्थ्यको लागि समय दिएर सुरुदेखि नै ब्लड प्रेसार चेक गराउने हरेक वर्षमा शरीरको चेकजाँच र ब्रेन पनि चेक गराउनुपर्छ।