शनिबार, १६ नोभेम्बर २०२४

युद्धले निम्त्याएकाे ‘मृत्युकथा’: बंकरदेखि चिहानसम्म

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

जब रुसले युक्रेनमाथि हमला गर्‍यो, गाउँदेखि सहरसम्म भागदौड मच्चियो। तर, रुस–युक्रेन युद्धको पहिलो दिनमै तारास र ओल्हाले युक्रेनी स्वयंसेवक इकाईमा भर्ती हुने निधाे गरे। उनीहरू हतियार बोक्न तयार भए, त्योबेला नजिकबाट चिन्नेहरू चकित थिए।

‘तारास–ओल्हा’ बेग्लै पेशाकर्मी थिए। सैन्य अनुभव थिएन। उनीहरू गर्भ बसाउने प्रयासमा थिए। 

‘मलाई एक्कासी डर लाग्यो,’ छोरा–बुहारीलाई असाध्यै प्रेम दर्शाउने तारासको आमाले भनिन्, ‘युद्ध मैले बुझेकी थिए। युद्ध भनेको मृत्यु हो। युद्धले कहिल्यै राम्रो कुरा निम्त्याउँदैन।’

तर, रुसले युक्रेनमाथि बम बर्साइरहँदा ओल्हाले देशको चिन्ता गरिन्। आश्वासन दिँदै भनिन्, ‘चिन्ता नगर्नुहोस्, हामीलाई केही हुँदैन।’ ओल्हाले सधैं त्यसै भन्ने गर्थिन्। 

दोस्रो विश्वयुद्धको समयमा नरसंहारको अवशेष मात्र रहेको क्रोपिभनित्स्कीको सानो यहूदी समुदायमा तारास र ओल्हाको भेट आठ वर्षको हुँदा भएको थियो। यहुदी विद्यालयमा पर्याप्त विद्यार्थी थिएनन्। विद्यालय बन्द हुनुपूर्व उनीहरूले यहूदी विद्यालयमै पढे।

उनीहरूले कलेज पनि त्यहीँ पढे। तारासले अनलाइनको काम सिक्थे। अनि ओल्हाले कला। पढ्दा–पढ्दै, सिक्दा–सिक्दै उनीहरू प्रेम सम्बन्धमा जोडिए। तारास र ओल्हाले साढे ६ वर्षअघि २५ वर्षको उमेरमा विवाहसमेत गरे।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले पहिलो पटक युक्रेनमाथि हमला गर्दा तारास वेबसाइट बनाउँथे। त्योबेला ओल्हाले ‘जिंजरब्रेड’ सजावटका लागि अनलाइन कक्षा सञ्चालन गरेर आफ्नो व्यवसाय बढाइरहेकी थिइन्।

हजारौं युक्रेनी स्यवाम्सेवकको रुपमा सेनामा आबद्ध भए। तर ओल्हालाई कसैले भर्ती गराउन मानेनन्। त्यसैले उनले तारासभन्दा फरक इकाई, युद्ध कालमा जनताको मद्दत गर्ने स्वयम्सेवी समूहहरूको राष्ट्रव्यापी नेटवर्क टेरिटोरियल डिफेन्स फोर्समा कुकको रूपमा काम गरिन्।

तारासले आफ्नो कम्प्युटर सीपको सहयोगले टाढाबाट नै युद्धमा सघाउने सोचेका थिए। उनीसँग सेनामा भर्ती भएका बस चालक भिटाली बिलसले भने, ‘हामीले अग्रमोर्चामा जान्छौं भनेर सोचेका थिएनौं।’

त्यसो त उनीहरू सुरु–सुरुमा युद्धको अग्रमोर्चामा परेनन्। तारासले एक युक्रेनी सहरको चेकपोइन्टको सुरक्षा गरे। ओल्हाले भने एउटा विशाल भान्सा कोठामा काम गरिन्।

युक्रेनको पूर्वी क्षेत्र डोनबास, जहाँ रुस–युक्रेनीबीच भीषण युद्ध भइरहेको थियो। ‘खाडल युद्ध’मा एकअर्कालाई मारिरहेका थिए, मे महिनाको अन्तिममा तारासलाई त्यहाँ पठाइयो। 

ओल्हाले पनि श्रीमानसँगै त्यहाँ जाने निधो गरिन्। कमान्डरलाई आग्रहसमेत बिसाइन्। साथी, आमा, युनिट कमान्डर र तारासले उनलाई सम्झाउन खोजिरहे तर उनले मानिन्। ओल्हा अन्ततः द्वन्द्वग्रस्त डोनबास गइछाडिन्।

तारास–ओल्हाको युनिटले डेढ दिने बन्दुक तालिम पाए। युनिटका कमाण्डर क्याप्टेन भोलोडिमिर कान्चुकको अनुसार रक्षाको दोस्रो वा तेस्रो लाइन स्वरुप उनीहरू सिभिएरोडोनेत्स्क सहर नजिकैको पाइन जङ्गलमा तैनाथ भए।

युनिटमा ओल्हा मात्रै महिला थिइन्। तिनीहरूको मिशन खाडलको रक्षा र रूसीहरूलाई अगाडि बढ्नबाट रोक्नु थियो। तर रुस सेनाले यस क्षेत्रमा भाती गोलाबारी गर्‍यो। दर्जनौं युक्रेनी सेना मरे, कैयौं हताहत भए। 

ओल्हाले एउटा हातमा बन्दुक र अर्को हातमा मोबाइल खेलाइरहेकी हुन्थिन्। पलपलमा सन्देश पठाउँथिन्। ‘यहाँ सबै ठिक छ,’ उनी भन्थिन्, ‘सबै शान्त छ।’

तर त्योबेला उनको परिवारका सदस्यहरू भन्छन्, ‘उनीहरू युद्ध मैदानमै थिए। तर त्यही मार्दैछम् भन्ने उनीहरुलाई थाहा थियोजस्तो मलाई लाग्छ।’

ओल्हा स्पष्ट थिइन्। उनी हँसिली थिइन्। दयालु थिइन्। श्रीमान, परिवार, साथीभाइ–दिदीबहिनी र देशलाई माया गर्थिन्। उनी युद्धमै थिइन्। बंकरमै थिइन्। उनी आफ्नो शरीरको कवच, बन्दुक र स्लीपिङ झोला लिएर अगाडिको लाइनमा लुकेर बसिन्।

‘हामीले उनलाई बंकरबाट टाढा राखेपनि उनी आफ्नो श्रीमान कहाँ पुगिहाल्थिन्,’ ओल्हाका क्याप्टेन कञ्चुकले भने। उनको चासो लडाइँतर्फ नै थियो। बेलाबेला बंकरमाथि टाउको निकालेर राइफल चलाउँथिन्।

गर्मीको समय। जुन २१, सिभिएरोडोनेट्स्कको आकाश सफा र निलो थियो। ओल्हा बिहान १० बजे आफ्नो स्टेशनमा पुगिन्। त्यहाँ तारास र बिलौसलाई बंकरमा भेटिन्। त्यहीबेला रुसी सेनाले अन्धाधुन्ध गोली प्रहार गर्‍यो। उनीहरूले बंकरभित्रबाट बन्दुक चलाइरहे। तर गोलाबारी तीव्र भयो। धुवाँ र गन्धले जंगल भरियो। बिलौसले आफ्नो वरिपरि पृथ्वी उठेको महसुस गरेको बताए। उनलाई तौलविहीन महसुस भयो। अनुहारमा रगत जमेको महसुस भयो। तर कसको रगत भने पत्तो थिएन।

बंकरमा पुरिएका बिलौस विस्तारै माथि उठे। आफूमाथि थुप्रिएको फोहोर सकिनसकी सफा गरे। उनले तारस र ओल्हाको शव एकअर्काको छेउमा गोलीले छिया–छिया भएको अवस्थामा फेला पारे। त्यसपछि उनी बेहोस भए।

तारास र ओल्हाको मृत्यु भएको ६ महिना बितिसक्यो। तारासको आमा लिउडमिला छोरा–बुहारीलाई सम्झँदै भन्छिन्, ‘हामीले देशलाई कसरी पुननिर्माण गर्ने? यी सबै मानिसहरू बिना हामी कसरी बनाउन जाँदैछौं?’ 

तारासको चिहानमा लिउडमिला कहिल्यै जाँदिनन्। ‘छोराको चिहानमा गएँ भने म कहिल्यै फर्किन सक्दिनँ,’ उनी भन्छिन्।

(यो सामग्री ‘द न्युयोर्क टाइम्स’को सहयोगमा तयार पारिएको हो।)

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?