
बिएल संवाददाता
रुकुम (पूर्व)
गर्भमा नै भ्रुण पहिचान गरि छोरीको गर्भ तुहाउने हाम्रो समाजमा बालिका दिवस ओझल पर्यो। छोराछोरी बिचको भिन्नता देख्ने हाम्रो समाजमा आज पनि लिङ्गको आधारमा बिभेद गरिन्छ। कतिपय पहाडी तथा हिमाली जिल्लामा तानी बिबाह बैध जस्तै छ।
फुपूको छोरी जन्मीना साथ मामाको छोराको हकलाग्ने प्रचलन यदाकदा चलिरहेको छ भने बालविवाहलाई समाजले सहर्श स्वीकार गरेको छ। गर्भ देखि सुरु गरिने बिभेद महिलाले प्रौढ हुन्जेल थेगिरहन्छन्। बिद्यालय देखि घर, समाज र अर्थपुर्ण अबसरमा अझै पनि छोराछोरी बिचमा ठुलो खाडल छ।
१९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारण सभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो। समाजमा जकडिएको लैङ्गिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो।
छोरीको महत्व बुझाउनकै लागि प्रत्येकवर्ष मनाइँदै आएको यो दिवसबाट सकारात्मक प्रतिफल आउने आशा रहेको छ। संसारभरि बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिका माथिहुने सबै प्रकारका विभेदको अन्त्य, बालविवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण अभियान सञ्चालन भइरहेका छन्।
नियमित रुपमा आइरहने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार जस्ता जघन्य घटनाहरुले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फि विकास, संरक्षण र प्रभावकारी सहभागितामा परेको नकारात्मक असरलाई अन्त्य गर्न, देशमाविद्यमान ऐन, कानुन, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न यस दिनलाई विशेष कार्यक्रमका साथ मनाइन्छ।
हाम्रो समाजमा अहिले पनि बालक र बालिका माथिहुने बिभेद एथावत नै छ। छोरीलाई गरीने बिभेद गर्भबाट नै सुरु हुने गरेको पाइन्छ। छोरी पेटमा छ भने अहिलेको प्रबिधिप्रयोग गरी लिंगपहिचान गरी गर्भ पतन गर्ने प्रचलन एकदमै बढदै गएको छ। छोरी बच्चामा र छोरामा खेलाउनाले पनि बिभेद गरेको पाइन्छ। बच्चाको खेलाउना हामीले बजारमा हेरेउ भने घर भित्रका सामान खाना पकाउने पलाष्टिकका भाडा कुडा, गुडिया जस्ता सामाग्री रहेको हुन्छ।
जसमा उनिहरुको सिकाइ घर भित्र बच्चा हुकाउने र स्याहार तिरको सिकाइ खेलाउना दिइएको हुन्छ। अहिले पनि छोरा र छोरीमा शिक्षा समान भएता पनि नजिकको बिद्यालय र सजह पहुचहुने स्थानमा छोरीले शिक्षालिनु पर्ने बाद्ययता रहेको छ।
अहिले पनि छोरीलाइ स्वतस्पुर्त रुपमा बाहिर हिड डुल गर्न सहज बाताबरण छैन जसको कारण अहिले पनि उनिहरुको अभिभाबको रुपमा आफ्नो उमेर भन्दा सानो भाइ वा अन्य ब्यक्ति सम्रक्षणको लागी उनि संग हिड्नु पर्ने बाध्यता छ।
बालिका माथिहुने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार जस्ता जघन्य घटनाहरुले अझ स्वतन्त्रतालाइ साघुरो बनाइ रहेको पाइन्छ।
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य उमेर मानेको भएपनि सबैभन्दा बढी बालविवाहहुने दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ। युनिसेफले गरेको एक बिश्लेषणमा विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको उल्लेख छ।
बालिकामा शिक्षा, स्वास्थ्य, नेतृत्व बिकाश, उनिहरुको स्वतन्त्रताको अधिकार सबैबाट खुम्चाएर राखेको अवस्था छ। यो अवस्थालाइ फराकिलो बनाउन र उनिहरुको अधिकारलाइ स्थापीत गर्नका लागीसंयुक्त राष्ट्रसङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट गरीएको यो निर्णयले समाजमा बालिकाको अधिकार स्थापीतमा ध्यान जानेछ ।
यो दिबश नेपालमा पनि हरेक बर्ष मनाइ रहेको देखिन्छ। तर दिबशले मात्र हक अधिकार स्थापीत गर्न नसकिएला। यसकालागी ३ तहका सरकार यसमा संलग्न गैर सरकारी संघ संस्थाहरुले बजेट बिनियोजन गरी जस्को सवाल उसको अगुवाइमा काम गर्न जरुरी रहेको देखिन्छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .