सोमबार, ११ अगस्ट २०२५

विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाबालिग बलात्कार अभियुक्त बिर्तामोडका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश

नाबालिग बलात्कारको अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरको इलाम इजलासले आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

‘ऊनको स्वीटर’मा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चाैध सयले घट्याे सुनकाे मूल्य

बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९०  हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एन्फाको साधारण सभामा पुगेका गणेश थापालाई गेटमै राेकियाे

नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरिएकाे एन्फाको साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै थापालाई गेटमै राेकेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चक्रियाे भारत–पाकिस्तानको युद्ध, नागरिक चिल्लीबिल्ली

भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिलो अमेरिकी नागरिक बने पोप

विश्वव्यापी अनुभव भएका प्रिभोस्टले आफ्नो करियरको धेरैजसो समय भने दक्षिण अमेरिकामा मिसनरीको रूपमा बिताए । हालसालै भने उनी बिसप नियुक्ति गर्ने भ्याटिकनको शक्तिशाली कार्यालयको नेतृत्व गरिरहेका थिए । उनले पोप फ्रान्सिसका सुधारलाई अघि बढाउने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतलाई नेपालको साथ, छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता

भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएपछि नेपालले बल्ल मुख खोलेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै औपचारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। नेपालले आतंकवादविरुद्ध रहेको बताउँदै भारतप्रति सहानूभुति व्यक्त गरेको छ। तर, भारतले पाकिस्तानमा मिसाइल प्रहार गरेको बारे बोलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद बैठकअघि ओलीसँग देउवा दम्पतीको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीबीच भेटवार्ता भएको छ। बिहीबार साँझ मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगेर ओलीसँग सभापति देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दादागिरि’ देखाएको भन्दै मन्त्री राईलाई गृहजिल्लामा आफ्नै कार्यकर्ताले लखेटेपछि…

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध उनकै गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहीबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन्। खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरि देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए। उनलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वको टोलीले विरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

मिश्र र प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश मोना सिंहको इजलासले राज्य विरुद्धको कसुरमा  उनीहरूलाई सातौं पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र मिश्रलाई मुद्दामाथि मुद्दा, फेरि थपियो अर्को

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको हो। गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि बिहीबार आज आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ। मिश्रले आफूलाई मुद्दामाथि मुद्दा लगाइएको भन्दै इजलाशसमक्ष आपत्ति जनाएका छन्। उनले न्यायालयबाट आफूले न्याय पाउने आशा राखेको भन्दै इजलाससमक्ष न्यायको याचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पहलगाम आक्रमण’ गराएका मौलाना मसुद अजहरको ‘नेपाल साइनो’ (भिडियोसहित)

यद्यपि भारतीय सुरक्षाकर्मीले सन् १९९४ मै मसुदलाई कश्मीरबाट गिरफ्तार गरिसकेको थियो।  सन् १९९० तिर मसुद एक धार्मिक प्रवचक थिए। कट्टर मुस्लिम धार्मिक गुरु ठहरिएका उनले विश्वका धेरै इस्लामिक देशहरूको भ्रमण गरिसकेका छन्। त्यो बेला पनि उनले मुस्लिम समुदायमा पुगेर उग्र धार्मिक प्रवचन दिन्थे र युद्धका लागि उक्साउथे। उनी झुठा परिचय लिएर भारतभित्र छिरेका थिए। कश्मीरतिर रहेरले उनले भारतमा हिंसात्मक आक्रमणको योजना बनाइरहेका थिए। त्यो बेला उनी हरकत-उल-मुजाहिद्दिनका नेता थिए।  नेपालबाट विमान अपहरण गरेर भारतसँग मोलमोलाइ गर्दै उनी फेरि रिहा भए र अर्को त्यस्तै आतंकवादी संगठन हरकत-उल अन्सारलाई समेत मिलाएर जैश-ए-मोहम्मद भन्ने संगठन बनाए। दुबैतिरका उग्र लडाकु मिलेर बनेको यो संगठनले सन् २०१६ मा भारतीय संसद भवनमै आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देशमा केही भएन’ भन्ने मिसनका साथ पुरातनवादी तत्वहरू छट्पटाएका छन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका हुन्। उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन्। यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरू छट्पटाएका छन्। उसले २५० वर्ष शासक भएर खाएको सम्झिएको छ। उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमामा नजान निर्देशन जारी

अमेरिकी विदेश मन्त्रालयले भारत-पाकिस्तान सीमा नजिकका क्षेत्रहरू र नियन्त्रण रेखा नजिकका स्थानहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई निर्देशन जारी गरेको छ। सीमा क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। साथै, मन्त्रालयले पाकिस्तानको अन्य क्षेत्रहरूमा पनि यात्रा पूनर्विचार गर्न आग्रह गर्दै ‘रिकन्सिडर ट्राभल’ सल्लाह दिएको छ। भरत-पाकिस्तान ‘ड्रोन र मिसाइल’ युद्ध चलिरहँदा पाकिस्तानमा रहेको अमेरिकी दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई र पाकिस्तान यात्रा गर्न चाहने यात्रुहरूलाई यात्रा पुनर्विचार गर्न बिहीबार ट्राभल एडभाइजरी जारी गरेको हो। दूतावासले पाकिस्तान र भारतबीचको अवस्था परिवर्तनशील भइरहेकाले यसको विकासक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै यस्तो सूचना जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

‘इन्डो-पाक’ तनावको बाछिटा नेपाल-भारत सीमासम्म, उच्च सतर्कता अपनाइदै (भिडियो)

इन्डो-पाक तनावपछि नेपाल-भारत सीमामा भारतीय बीएसएफ र नेपालको सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ १५ बाट राजावादीको ‘अनिश्चितकालीन आन्दोलन’ घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको हो। समितिले तीन प्रमुख मागहरू अघि सारेको छ। परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता कायम गर्दै राजसंस्था अटाउने गरी नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मल वितरणमा ‘कोटा प्रणाली’ व्यवहारिक भएन: सांसद सापकोटा

(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्ने अवस्था रहेको बताए। उनले भने, ‘हरेक वर्ष जब धान रोप्ने बेला हुन्छ। किसानले पर्याप्त मल पाउँदैनन्। कोटा प्रणालीमार्फत मल वितरण हुन्छ। तर त्यो व्यवहारिक र सहज छैन। किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४४३ बोतल लागू औषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। बैशाख २४ गते बिहान करिब साढे ४ बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ONEREX–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं