बिएल संवाददाता
रोबर्ट फ्रान्सिस प्रिभोस्ट २६७ औँ पोप निर्वाचित भएका छन्। पोप इतिहासमा पहिलोपल्ट अमेरिकी नागरिक चुनिएका हुन्। उनी संयुक्त राज्य अमेरिकाबाट प्रतिनिधित्व गर्ने कार्डिनल हुन्।
अब उनी क्याथोलिक चर्चको सर्वोच्च धार्मिक नेता भएका छन्। र पोप लियो चौधौंको रूपमा चिनिनेछन्।
विश्वव्यापी अनुभव भएका प्रिभोस्टले आफ्नो करियरको धेरैजसो समय भने दक्षिण अमेरिकामा मिसनरीको रूपमा बिताए । हालसालै भने उनी बिसप नियुक्ति गर्ने भ्याटिकनको शक्तिशाली कार्यालयको नेतृत्व गरिरहेका थिए । उनले पोप फ्रान्सिसका सुधारलाई अघि बढाउने अपेक्षा गरिएको छ।
शिकागोमा जन्मेका प्रिभोस्टलाई एक सुधारकको रूपमा हेरिन्छ। विश्व नेताहरूले पोप लियो चौधौंलाई बधाई दिइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पोप पाउनु ठूलो सम्मान भएको बताएका छन्।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया