सोमबार, ११ अगस्ट २०२५

यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसहित)

यस्ता छन्, प्रधानमन्त्रीले संसदमा दिएका जवाफहरू १.गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ। हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ। विकास-निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ। त्यसैले प्रस्तुत नीति-कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो। यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्। केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए।  अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

नीति तथा कार्यक्रम एकदम व्यवस्थित छ, ‘कमा’ र ‘फूलस्टप’ पनि ‘चेन्ज’ हुँदैनः एमाले

अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन्। उनले भने, ‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर  ल्याएको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिगत अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान युद्धविरामको कांग्रेसद्वारा स्वागत

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत-पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् । उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो। झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि १ लाख ११ हजार सहयोग

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भइरहेको ‘लिङ्गपुराण महायज्ञ’मा एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन्। सुदूरपश्चिम प्रदेशभरकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठूला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। उनले भने, ‘यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आज प्रदान गर्नुभएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

ट्रम्पले आफ्नै मध्यस्थतामा भारत-पाकिस्तानबीच युद्ध बिराम गराएका थिए। शनिबार साँझ ५ बजेदेखि एकआपसमा सैन्य लडाईंमै उत्रिएका भारत पाकिस्तान युद्धबिरामका लागि सहमत भएका हुन्। त्यसका लागि ट्रम्पले दुबै देशका प्रधानमन्त्रीहरूसँग धेरै चरणमा फोनवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व पौडेललाई गर्भनर बनाउने कांग्रेसको तयारी

नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ। शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई नयाँ गर्भनर बनाउन प्रस्ताव राखेकाे कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शंकर पोखरेलले प्रचण्डलाई सम्झाए सरकारका उपलब्धीहरू

‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ’ पोखरेलले सरकारका उपलब्धीहरूलाई यस्ता बुँदामा उल्लेख गर्दै प्रचण्डलाई भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युक्रेनसँग ‘सिधै’ वार्ता गर्ने रुसको प्रस्ताव

‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका छन्। यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सांसदहरूलाई जवाफ दिँदै प्रधानमन्त्री

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आज निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युद्धबिराम भएपछि भारतीयले किन सम्झिरहेछन् इन्दिरा गान्धी?

पाकिस्तानबिरुद्ध ‘अपरेशन सिन्दूर’ लिएर आक्रमण थालेको भन्दै जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा र वाहवाही भएको थियो, केहीबेरमै भारतीयले इन्दिरा गान्धीलाई सम्झिन थाले र मोदीको आलोचना गर्न थाले।  भारतीय कँग्रेस पार्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र अमेरिकाका पूर्व राष्ट्रपति रिचर्ड निक्सनको तस्बीर सार्वजनिक गर्दै केही सन्देश लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुई तिहाइ हुँदा पनि ओली सरकार डरले ‘रुझेको बिरालो’ भएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन्। पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमालेजस्ता बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा नजाने दाबी गरे। उनले ०८४ पछि आफ्नै बलबुतामा सरकारको नेतृत्व लिने बताए। प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले बनाइदिएको आरोप लगाउँदै आफ्नो कुकर्मले सरकार ढल्ने जिकीर गरे। उनले अहिलेको सरकारले नराम्रो भन्दा कुनै काम नगरेको दाबी गर्दै दुई तिहाइको सरकार भएर पनि डरले रुझेको बिरालो जस्तो बनेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

ट्रम्पको पहलमा भारत-पाकिस्तान युद्धविराम

भारत र पाकिस्तानबीच चर्किएको तनाव अन्त्य भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुई देश युद्धविरामका लागि सहमत भएका हुन्। ट्रम्पले ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलबाट भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका हुन्। ट्रम्पले अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको खुलासा गर्दै उनीहरूले बुद्धिमता देखाएको भन्दै बधाइ पनि दिएका छन्। भारतको विदेश मन्त्रालयले पनि युद्धविरामको पुष्टि गरेको छ। आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग निर्णायक छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

विनियोजन र कार्यान्वयनबीचको खाडल पुर्न कस्सिएर लागेको छुः अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडल पुर्न आफू कस्सिएर लागेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरूले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै खाल्डो झन् खन्न नभइ पुर्न कस्सिएको बताए।  उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ। यो खाडल खनेपछि खाडल भइ नै हाल्छ। खनेकै खाडल हो। हामीले विगत वर्षका बजेटहरूलाई हेरौं, हामीले खाडल खन्यौं कि खनेनौं? ७ हजार योजनामा ११ हजार योजना थप्यौं, योभन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जानपर्छ। यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त? त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थमन्त्री खाल्डो खन्न होईन पुर्न कस्सिएको छ र यसमा तपाईंहरूको साथ चाहिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सालघारीको फडानी कडाइका साथ रोक्नेछौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन्। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए। उनले भने, ‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन। तर अहिले हामीले एउटा संकल्प लिएका छौं कि वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौं। वन क्षेत्रको संरक्षण हामीले बढाएका छौं। अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ। वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पतालमा तनाव

दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन्। नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो। पत्नी गुमाएका सन्त यादव भन्छन्, ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे । तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे। जब राति २ बज्यो अनि विराटनगर लैजाउ भनियो।’  बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई विराटनगरतर्फ कुदाइयो। तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो। शनिबार बिहान ५ बजे अस्पताल पुर्‍याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए।  मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो । हामीले रगत ल्याएर पनि दियौं तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारवाही गर्नुपर्छ। हामीले क्षतिपूर्ति पाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

प्रधानमन्त्रीको उपस्थितिमा ‘विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय’का पदाधिकारीको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको आज पद तथा गोपनीयताको सपथ गराइएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा.डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्। नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश भारतको साथमा छ: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईंमा मधेश प्रदेश भारतको साथमा रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाईं कुनै एक देशको मात्र नभई सबैको साझा लडाईं भएको बताए। उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन्। उनले मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो। ती व्यक्तिहरू केवल नाम र आँकडा होइन् उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छः मन्त्री सिंह

उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पानी शुद्धीकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन्। उनले भने, ‘हामी यो राजनीतिमा किन लागि रहेका छौँ भने देश र जनताको राम्रो होस्। यो आम नेपाली जनताको चाहाना भनेको हरेकको जीवन सहज हुनुपर्यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नको लागि हामी अगाडि बढिरहेका छौँ। तर देशको अवस्था परिवर्तन गर्नको लागि समय लाग्छ। छिटो होस् भन्ने सबैको चाहाना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नको लागि समय लाग्छ। व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्नेहरूले बोल्ने पाउने अधिकार कहाँबाट पायो? त्यो पनि सोच्नु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छाँयानाथको ‘माथि बालै’ गाउँमा पहिलोपटक गाडी पुगेपछि…

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन्। गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन्। सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो। वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ। छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो। बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु