
जनकपुरस्थित पोखरीमा एक पुरुषको शव फेला
जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम-४ का ४० वर्षीय रविन कर्णको शव फेला परेको हो। हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डीएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जनासहित ९ जनाको टोली हिजो कर्णको खोजीमा परिचालन गरिएको थियो। टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज बिहान कर्णको शव तैरिइरहेको अवस्थामा फेला परेको थियो।

बिएल संवाददाता - जनकपुरधाम