सोमबार, ११ अगस्ट २०२५

कृष्ण खतिवडाको अध्यक्षतामा फिने बागमती प्रदेश कमिटी गठन

कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वभरि किन सांसद र नेताहरू पठाउँदैछ भारतले?

भारतका संसदीय मामिलामन्त्री किरेन रिजिजूले प्रतिनिधिमण्डका नेतृत्व गर्ने नेताहरू र उनीहरू जाने देशहरूबारे जानकारी सार्वजनिक गरेका छन्।  त्यसमा भारतीय कंग्रेसका नेता शशी थरुर र मुस्लिम समुदायका नेता असदुद्दीन ओवैसी पनि सामेल छन्। कंग्रेस भारतीय संसदको प्रमुख प्रतिपक्ष दल हो भने ओवैसी भारतका कट्टर मुस्लिमका एक सर्वोच्च नेता हुन्। उनी सांसद पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतारमा इजरायल र हमास : युद्धबिराम ‘सहमति नजिक’

शनिबार अबेरदेखि कतारमा दुबै पक्षका प्रतिनिधिहरू वार्तामा बसेका छन्। यो वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको छ।  यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायललाई पटक पटक युद्धबिरामका लागि चेतावनी दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पुटिन र जेलेन्स्कीसँग वार्ता गर्दै ट्रम्प, होला युद्धबिराम?

गत शुक्रबार रुस र युक्रेनका मन्त्रीहरूले इस्तानबुलमा वार्ता गरेका थिए। तर त्यहाँ कुनै पनि सहमति भेटिएन। युद्धबिरामका बारेमा कुनै सहमति नभए पनि दुबै राष्ट्रहरू कम्तीमा एक-एक हजार युद्ध बन्दीहरू रिहा गर्न सहमत भए।  रुसका राष्ट्रपति पुटिनले आफैले युक्रेनसँग सिधा वार्ता गर्ने भन्दै स्थान र समय पनि तोकेका थिए। तर अन्तिम अवस्थामा उनी वार्तामा बसेनन् र जेलेन्स्की पनि गएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री ओलीसँग कोप-२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेटवार्ता गरेका छन्। शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए। उनले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास चाल्नुपर्ने बताए। सगरमाथा संवादका लागि नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पुर्‍याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदन भण्डारी अस्पताल उर्लाबारीमा मापसे काण्ड: दुई कर्मचारी निलम्बित

मोरङको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुईजना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ। गत बिहीबार राति ड्युटीमा उपस्थित हुनुपर्ने ती कर्मचारीहरू अस्पताल परिसर बाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए। नियन्त्रणमा परेकामध्ये एकजना कार्यालय सहयोगी र अर्का पारामेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. रवि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

‘वाटर पार्क’मा विद्यार्थी र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

शनिबार कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरूका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो। वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरू बीच तनाव उत्पन्न भएको थियो। सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले बताए। कृष्णा फाउन्डेसनसँग सातसयदेखि नौं सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१०० युवा डाक्टर र इन्जिनियरलाई एमालेमा भित्र्याउँदै ओलीले भनेः अब एमालेले बहुमत ल्याउनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमा बोल्दै उनले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताएका हुन्। ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं। अब त्यो भ्रममा रहनु हुँदैन। साना साना स्वार्थ लिएकाहरूले हामी विरुद्ध भ्रम फिँजाएका छन्। त्यस्तो भ्रममा पर्नु हुँदैन। एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरूले साथ दिनुपर्छ,’ ओलीले भने, ‘म युवाहरूलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहान्नँ। आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ। मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्। रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन्। मेहनत र समय आवश्यक हुन्छ। यो वास्तविकता तपाईँहरूले बुझ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोटी पुगेर ‘पश्चिम सेती जलविद्युत’ र ‘मध्यपहाडी लोकमार्ग’ माओवादीले सुरु गरेको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन्। ‘जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका हुन्। ‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठुलो परियोजनाको रुपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना झण्डै साढे सात सय मेगावटको परियोजना हाम्रै पार्टीका उर्जामन्त्री पोष्टबहादुर बोगटी हुनुभएको बेलामा भएको हो। सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो। तर त्यो पछि रद्ध गरियो। पश्चिम सेती जलविद्युत परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भीर छ। त्यसलाई कुनै न कुनैरुपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौ,’ उनले भने। त्यस्तै प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

११ हजार भोल्टको हाइटेन्सन लाइनमा काम गर्दै थिए उपेश…

काभ्रेको धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युतको पोलमा करेन्ट लागेर प्राधिकरणका एक मजदुरको ज्यान गएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश  नेपाली रहेका प्रहरीले जनाएको छ। ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा उपेशको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए। विद्युत प्राधिकरणकै लापरबाहीले एक मजदुरको ज्यान गएको स्थानीयवासीले आरोप लगाएका छन्। शुक्रबार मात्रै प्राधिकरणको काभ्रे वितरण केन्द्रले एक सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

गठबन्धनप्रति खुशी छैनन् देउवा, भनेः ठूलो पार्टी भएपनि मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सबैभन्दा ठूलो भएपनि बहुमत नहुँदा मिलेर सरकारमा जानुपर्ने बाध्यता रहेको बताएका छन्। शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए। उनले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने पनि बताए। त्यस्तै उनले ०४८ सालमा कांग्रेस नेतृत्वको सरकार बनेपछि देशमा विकासका धेरै कामहरू भएको दाबी गरे। मुलुक अहिले पनि विकासकै बाटोमा हिडिरहेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि कांग्रेस र कम्युनिष्टहरू मिल्नुपर्ने अवस्था आयो: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन्। शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन्। उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए। उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो- जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङ्कुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन। यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्वीकार गरेका थिए। फलस्वरुप बीपी बाचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन। पछिल्लो ०६२/६३ बामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङ्कुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो। यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ। किताबको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा

गृहमन्त्री रमेश लेखक शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन्। पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न उनी खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित सगरमाथा आधारशिविर पुगेका हुन्। सो  क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए। उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज बनाउने दिशामा केन्द्रीत हुने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सभापति देउवाले शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन्। बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजापट्टी कब्जा गर्दै इजरायल, चार दिनदेखि निरन्तर आक्रमण (भिडिओसहित)

इजरायली सेनाले गत बिहीबारदेखि भयानक आक्रमण गरिरहेको छ। शनिबारसम्मका यस्तो आक्रमणमा लगभग २ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।  इजरायलले हमासविरुद्ध भन्दै अस्पताल र विद्यालयहरूमाथि आक्रमण गरिरहेको छ। गाजापट्टीलाई नियन्त्रणमा लिएरै छोड्ने रणनीतिका साथ इजरायलले कतिपय ठाउँमा आफ्ना सैनिकहरू पनि तैनाथ गरिसकेको छ।  इजरायली सैनिकले उत्तरी गाजा क्षेत्रमा केही पर्चाहरू पनि फ्याँकेको छ जसमा प्यालेस्टाइनीहरूलाई उक्त क्षेत्र छोड्न भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बिचारबिना चारैतिर छरिएकाहरूलाई एकतामा ल्याउन सकिन्न: प्रधानमन्त्री

उनले आफूहरुले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजेको भन्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको बताए।  उनले आफ्नो नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपदका बेला राज्यका सबै निकाय सक्रिय बनाउनुपर्छ: कोइराला

‘विपद्का बेलामा राज्यका सबै संरचनालाई थप सक्रिय बनाउन जरुरी छ,’ डा. कोइरालाले शुक्रबारको घटनाहरूप्रति दुख व्यक्त गर्दै लेखेका छन् ‘सम्भावित क्षती रोक्न राज्यको थप सक्रियता जरुरी देखिन्छ।’  उनले शुक्रबारको हावाहुरीका कारण घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क प्रवन्ध गर्नुपर्ने समेत उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुस-युक्रेन वार्ता के भयो सहमति?

बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोवले दुबै देशले पहिलो चरणमा एक-एक हजार युद्धबन्दीहरू रिहा गर्नेछन्।  ‘हामीले युद्धबिराम र युद्धबन्दीहरू रिहा गर्ने विषयमा छलफल गरेका छौं। पहिलो चरणमा एक एक हजार युद्धबन्दीहरू रिहा गर्ने सहमति भएको छ’ उनले भनेका छन्।  यो बैठकमा युक्रेनी प्रतिनिधिले दुबै देशका राष्ट्रहरूबीच सिधा वार्ताको प्रस्ताव गरेका थिए। रुसका प्रतिनिधिहरूले त्यो कुरा आफ्ना राष्ट्रपतिलाई सुनाउने बाचा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आईपिएल आजदेखि पुन सुरु हुँदै

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो। आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ। मिश्र पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो। योसँगै मिश्र आजै रिहा हुने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं