
नेताहरूलाई गाली गरेर मात्रै देश सुध्रिदैनँः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्। आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए। उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो। र त्यो बाट राज्य सञ्चालन गर्ने हो। म अहिले यहाँको मुख्यमन्त्री छु। मैलेभन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरूले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा। यहाँ व्यक्ति र राजनीतिलाई गाली गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केही कुरा सुधार्न सकिँदैन। सक्षम र गर्नसक्ने मान्छे राजनीतिमा आउनुपर्छ। नभएका कामहरू गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो। तब मात्रै नेपाल बन्न सक्छ।’

बिएल संवाददाता - पोखरा