सोमबार, ११ अगस्ट २०२५

राशा टन्डनकाे नृत्यले ततायाे माहाेल...

तर छोरी राशा भने आमाजस्तै हिट हुन भने सकेकी छैनन्। अजय देवगनको फिल्म 'आजाद' मा देखिएकी थिइन् राशा। तर त्याे फिल्म फ्लप भयाे। त्यहीपनि उनी हेडलाइनमा बनिरहिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एजेण्डाको नजिक पुगिसक्यौं, अब बिग्रियो भने हामीबाटै बिग्रिन्छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यकास्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरू एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन्। उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ। शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं। हामी एजेण्डाको नजिक पुगेका छौं। तर यसको लागि कोही पनि उत्ताउलो हुनुहुँदैन। बिग्रियो भने हामीबाटै बिग्रिने हो। हामी सबै जिम्मेवार हुनुपर्छ। इमानदार हुनुपर्छ।’ साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए। यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहनत गर्नुपर्ने बताए। उनले अहिले थुप्रै पार्टीका शक्तिहरू मिलेकोले आफूहरू पनि मिलेर अगाडि बढ्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माछा नै नभएको ठाउँमा ‘माछापोखरी’ देखाएर भ्रष्टाचार, पूर्वमन्त्रीसहित ८ विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मधेश प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी गैरकानुनी रूपमा माछापोखरी निर्माण गरिएको अभियोगमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै संलग्नहरूलाई कैद, जरिवाना र विगो असुलको माग गर्दै मुद्दा पेस गरेको हो। अख्तियारका अनुसार बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजनाको मुर्तिया वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिट्टी, बालुवा तथा माटो जथाभावी उत्खनन गरिएको र त्यसपछि माछापोखरी निर्माणका नाममा संघीय तथा प्रदेश सरकारको करोडौं रकम खर्च गरिएको उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवाबाट सातवटा सुनका विस्कुट बरामद, जोख्ने काम हुँदै

रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ। आइतबार दिउँसो साढे १ बजेतिर केरूङबाट काठमाडौं आउँदै गरेको  बा४ख ६२०१ नम्बरको गाडीमा लुकाएर ल्याइएको सुनसहित चालकलाई रसुवा प्रहरीले पक्राउ गरेको हो। ७ वटा सुनका बिस्कुटसहित एकजना पक्राउ परेका र बरामद गरिएको सुन भन्सार कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। सुनको तौल पत्ता लागिसकेको छैन। यतिबेला सुन जोख्ने काम भइरहेको उनले बताए। प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले चालकको परिचय खुलाइएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

जुम्लाको गुठिचौर गाउँपालिका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन्। गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर-२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए। घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो। हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन्। उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ। चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन्। गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

तीनकुनेमा मारिएका पत्रकार रजककी श्रीमतीले मानवअधिकार आयोगमा दिइन् निवेदन

काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन्। आइतबार सुरेशकी  श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन्। ‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमानको रहस्यमय र शंकासपद अवस्थामा निधन भएको थियो। उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ। र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु। र शिघ्र न्यायको माग गर्दछु।’ निवेदनमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद

शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ आज सम्पन्न भएको छ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा आधारित सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै समापन भएको हो। दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष रहेको छ। आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने पनि उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक घण्टाभित्र काठमाडौंको पानीपोखरी क्षेत्रमा सबैभन्दा धेरै वर्षा, १२ घण्टामा धेरै स्याङ्जामा

आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरूमा पानी परिरहेको हो। काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतमबुद्ध विमानस्थलको अनियमितता छानबिन उपसमिति संयोजकमा मञ्जु खाण

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको अनियमितता, त्रुटि र भ्रष्टाचार छानबिन गर्न गठित छानबिन उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाण तोकिएकी छन्। आइतबार बसेको बैठकले खाणलाई उपसमिति संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। यसअघि उक्त उपसमिति संयोजकमा एमाले सांसद योगेश भट्टराई थिए। विमानस्थल निर्माणमा भएको अनियमितता माथि छानबिन नै नगरी प्रतिवेदन तयार पारेको भन्दै आलोचना भएपछि भट्टराई जिम्मेवारीबाट हटेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रलाई रिमालको सान्त्वनाः बत्तीमुनी बसेर पोस्ट गर्दै ‘बिजुली गयो’ भन्ने भाष्य बनाइदैछ

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणको निर्देशक हितेन्द्र शाक्यलाई सान्त्वना दिँदै उनी काबिल र इमान्दार कर्मचारी भएको बताएका छन्।  पछिल्लो समय हितेन्द्र पाधिकरणको नेतृत्वमा आएसँगै विद्युत जाने समस्या बढेपछि उनीविरुद्ध सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। आलोचना बढेपछि हितेन्द्रले पनि पत्रकार सम्मेलन गर्दै खण्डन गरिरहेका छन्। यस्तैमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले पनि शाक्यलाई सान्त्वना दिएका हुन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले बलेको बत्तीमुनी बसेर पोस्ट गर्दै बिजुली गयो भन्ने भाष्य बनाइन थालेको भन्दै हितेन्द्रलाई सजग रहन भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस प्रवक्ता भन्छन्ः मदन भण्डारीको बहुदलीय जनवाद सान्दर्भिक छ

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्दर्भिक भएको बताएका छन्। शनिबार जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुदलीय जनवादले पार्टी पङ्त्तिमा सहकार्य निर्माण गर्न सकेको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन्। ‘जननेता मदन भण्डारीले बहुदलीय जनवाद भनेर अगाडि सार्नुभयो, त्यो समय सान्दर्भिक, बदलिदो विश्व परिस्थितीमा खुल्ला प्रतिस्पर्धी राजनीतिक गरेर सत्तामा जान सकिन्छ र लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नेपालमा प्रवेश गराउनु भयो। त्यसले मलाई लाग्छ पार्टी पङित्तमा सहकार्य र एकअर्कालाई बुझ्ने परिस्थिती निर्माण भएको मलाई लाग्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गीत गाउँदा-गाउँदै प्रहरीले माइक खोसेपछि…

बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ शनिबार राति अनपेक्षित रुपमा स्थगित गरियो। जितपुर सिमरा उपमहानगरपालिका-२ मा भइरहेको महोत्सवमा राति ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि स्थगित गरिएको हो। इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए। भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक तान्दै र लाउडस्पीकरको तारसमेत खुस्काइदिएकी थिइन्। यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्न नपाइने भन्दै तत्काल रोक्न उनले निर्देशन दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमरा, बारा

साहित्य-लेखनमा अमर अधिकारीले रचे सातौं ‘कीर्तिमान’

निकै चर्चामा रहेका लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दै आउँदा पछिल्लो समय सातौँ कीर्तिमान रच्न सफल भएका छन्। संघीय राजधानी काठमाडौं बाहिर दुईहप्ता रहँदा पनि उनका लेख-रचनाहरु निरन्तर प्रकाशन भइ नै रहे। ०८२ बैशाख १७ देखि जेठ २ गतेसम्म काठमाडौंमा नरहँदा अर्थात् रोल्पादेखि दाङसम्मका सामाजिक कार्यहरूमा व्यस्त रहँदा विभिन्न सञ्चार माध्यमहरूबाट उनका झण्डै एकदर्जन लेख-रचनाहरू प्रकाशन भएको पाइएको छ। यो उनको सातौँ कीर्तिमान हो।  यसअघि उनले आधादर्जन कीर्तिमान रचिसकेका छन्। काठमाडौँबाट दाङ प्रस्थान गरेकै दिन उनले बैशाख १७ को नेपाल नागरिक आवाजमा मुक्तकहरू प्रकाशन भएको जानकारी पाए। १८ गते हाँस्यव्यङ्ग्य अनलाईन पत्रिका फित्कौलीमा व्यङ्ग्य लेख प्रकाशन भयो भने १९ गते सेतोपाटीमा एक संस्मरण लेख प्रकाशन भयो। त्यसैगरी बैशाख २१ गते फित्कौलीमा पुरस्कार सहित सम्मान प्राप्तिको समाचार आयो भने २३ गते कुटिरोडटकममा चेतनामूलक लेख प्रकाशन भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृष्ण खतिवडाको अध्यक्षतामा फिने बागमती प्रदेश कमिटी गठन

कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वभरि किन सांसद र नेताहरू पठाउँदैछ भारतले?

भारतका संसदीय मामिलामन्त्री किरेन रिजिजूले प्रतिनिधिमण्डका नेतृत्व गर्ने नेताहरू र उनीहरू जाने देशहरूबारे जानकारी सार्वजनिक गरेका छन्।  त्यसमा भारतीय कंग्रेसका नेता शशी थरुर र मुस्लिम समुदायका नेता असदुद्दीन ओवैसी पनि सामेल छन्। कंग्रेस भारतीय संसदको प्रमुख प्रतिपक्ष दल हो भने ओवैसी भारतका कट्टर मुस्लिमका एक सर्वोच्च नेता हुन्। उनी सांसद पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतारमा इजरायल र हमास : युद्धबिराम ‘सहमति नजिक’

शनिबार अबेरदेखि कतारमा दुबै पक्षका प्रतिनिधिहरू वार्तामा बसेका छन्। यो वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको छ।  यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायललाई पटक पटक युद्धबिरामका लागि चेतावनी दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पुटिन र जेलेन्स्कीसँग वार्ता गर्दै ट्रम्प, होला युद्धबिराम?

गत शुक्रबार रुस र युक्रेनका मन्त्रीहरूले इस्तानबुलमा वार्ता गरेका थिए। तर त्यहाँ कुनै पनि सहमति भेटिएन। युद्धबिरामका बारेमा कुनै सहमति नभए पनि दुबै राष्ट्रहरू कम्तीमा एक-एक हजार युद्ध बन्दीहरू रिहा गर्न सहमत भए।  रुसका राष्ट्रपति पुटिनले आफैले युक्रेनसँग सिधा वार्ता गर्ने भन्दै स्थान र समय पनि तोकेका थिए। तर अन्तिम अवस्थामा उनी वार्तामा बसेनन् र जेलेन्स्की पनि गएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री ओलीसँग कोप-२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेटवार्ता गरेका छन्। शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए। उनले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास चाल्नुपर्ने बताए। सगरमाथा संवादका लागि नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पुर्‍याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदन भण्डारी अस्पताल उर्लाबारीमा मापसे काण्ड: दुई कर्मचारी निलम्बित

मोरङको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुईजना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ। गत बिहीबार राति ड्युटीमा उपस्थित हुनुपर्ने ती कर्मचारीहरू अस्पताल परिसर बाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए। नियन्त्रणमा परेकामध्ये एकजना कार्यालय सहयोगी र अर्का पारामेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. रवि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी