बिएल संवाददाता
बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ शनिबार राति अनपेक्षित रुपमा स्थगित गरियो।
जितपुर सिमरा उपमहानगरपालिका-२ मा भइरहेको महोत्सवमा राति ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि स्थगित गरिएको हो।
इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए।
भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक तान्दै र लाउडस्पीकरको तारसमेत खुस्काइदिएकी थिइन्। यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्न नपाइने भन्दै तत्काल रोक्न उनले निर्देशन दिएकी थिइन्।
कार्यक्रम अवरुद्ध भएपछि आयोजक तथा स्थानीय बासिन्दाहरू निराश भएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले राति अबेरसम्म यस्ता किसिमको कार्यक्रम नगर्न आयोजकलाई यसअघि नै सुझाव दिइएको तर, प्रशासनको निर्देशनलाई बेवास्ता गरेका कारण कार्यक्रम रोक लगाइएको बताए।
प्रशासनले आयोजकलाई ८ बजेपछि कार्यक्रम बन्द गर्न अनुरोध गर्दापनि ९ बजेसम्म पनि कार्यक्रम नरोकिएकाले हस्तक्षेप गर्नुपरेको उनले बताए।
अधिकारीले भने,‘रातको समयमा ठूलो आवाजसहित डिजे, अश्लील गीत तथा उश्रृङखल नृत्य निषेधित छ। उहाँहरूलाई पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराइएको थियो। तर अटेर गरेपछि प्रहरी नै परिचालन गरेर अवरोध गर्न बाध्य भएका हौं।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया