सोमबार, ११ अगस्ट २०२५

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। टेरामक्स प्रकरणमा अख्तियारले बुधबार विशेष अदालतमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको हो। बस्नेत गत निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुद्दाको किनारा नलागेसम्म कुनै पनि राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स प्रकरणमा कांग्रेस सांसद बस्नेतसहित १८ विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सांसद बस्नेतसहित प्राधिकरणका पूर्व महानिर्देशकहरू दिगम्बर झा, पुरुषोत्तम खनालसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २५ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताकै रजगज…

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राई १० लाख धरौटीमा रिहा भएकी छन्। बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।  सहकारी ठगी प्रकरणमा उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान गरेको प्रहरीले १८ दिनमै अनुसन्धान सकेर प्रतिवेदन बुझायो। बुधबार एकै दिन उनीमाथिको सुनुवाइ र थुनछेक बहस सकियो र आदेश पनि आयो। उनी वैशास १३ गते पक्राउ परेकी थिइन्। प्रहरीले संगठित अपराधमा प्रहरीले ६० दिन हिरासतमा राखेर अनुन्धान गर्न पाउँने कानुनी व्यवस्था छ। तर, सत्ताको दवाबमा परेको प्रहरीले उक्त व्यवस्थालाई अपराध कसुर भन्दा पनि व्यक्ति हेरेर प्रयोग गर्दै आएको छ। यसको गतिलो उदाहरण हुन् रास्वपा सभापति रवि लामिछने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्प नीति : धम्की दिएर युद्ध रोक्छन्, खर्बौंको हतियार पनि बेच्छन्

भर्खरै सुरु हुन लागेको भारत-पाकिस्तान युद्ध रोक्न पनि उनले ‘ब्यापार रोकिदिने’ भनेर धम्की दिएका थिए। त्यसपछि दुबै देश युद्धबिरामका लागि सहमत भए।  यद्यपि भारतीय प्रधानमन्त्रीले ट्रम्पको भूमिकाबारे मुख खोलेका छैनन्। बरु युद्ध बिरामका लागि पाकिस्तान नै हारगुहार गरेको भारतको आरोप छ।  तर ट्रम्प भने निरन्तर त्यही भनिरहेका छन्। आफैमा तनावपूर्ण रहेका खाडीका देशहरूमा अहिले ट्रम्पले त्यही युद्ध र ब्यापारको कुरा गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गाजापट्टीका अस्पतालहरूमै इजरायको लगातार आक्रमण, २४ घण्टामै मारिए ८० जना

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ। मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन्। नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ। जसमध्ये ७ बालबालिका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टर्कीबाट भेटिएला रुस-युक्रेन युद्ध अन्त्यको बाटो?

सन् २०२२को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता न त युद्ध थामिएको छ न दुबै देश आपसमा वार्ता गरिरहेका छन्।  दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएलगत्तै ट्रम्पले भने दुबै देशलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा युद्ध समाप्त गर्न चेतावनी दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गैरआवासीय नेपालीः ‘तेरो घरमा कांग्रेस पसोस्’ !

गैरआवासीय नेपाली संघको स्थापनामा कांग्रेसजनको कुनै भूमिका छैन।त्यसैले उनीहरू यसलाई बाँसको मुरलीझै सके 'आफैं बजाउने, नसके फुटाइदिने' रणनीतिमा थिए। धेरै प्रयासपछि यसपटक भने एनआरएनमा कांग्रेस पसेर नै छोड्यो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ओली र आरजु-प्रचण्डका आ-आफ्नै ‘एनआरएनए’

महाधिवेशनले कांग्रेस र माओवादीको गठबन्धनबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यमसमिति निर्विरोध चयन गर्‍यो। एमाले गुटका अर्का अध्यक्ष बद्री केसी समूहले महाधिवेशन नै बहिष्कार गर्‍यो। अब यतिबेला दुई कार्यसमिति सक्रिय भएका छन्। परराष्ट्रमन्त्री राणाले नयाँ कार्यसमितिलाई औपचारिकता प्रदान गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली पुरानै कार्यसमितिलाई जगाउँन लागि परेका छन्। यतिबेला एनआरएनएमा तीन पार्टीका तीन गुट बनेका छन्। महेश श्रेष्ठ नेतृत्वको कांग्रेस गुट, बद्री केसी नेतृत्वमा एमाले र आरके शर्मा नेतृत्वमा मा‌ओवादी गुट सक्रिय छ। नयाँ कार्यसमितिमा श्रेष्ठ र शर्मा गुट मिलेपछि एमाले समूह पाखा लागेको थियो। तर, ओलीले केसी गुटलाई नै वैधानिकता दिँदै उसैको कार्यक्रममा मात्र सहभागीता जनाउँदै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो पोखरा महानगरपालिका- ३२ लामेआहालमा दुर्घटना भएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए। दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। घाइते र मृतकको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ऐन महर पीडितको गुनासोः ‘बलात्कार आरोपी’ जोगाउँन प्रधानमन्त्री नै लागे

जबरजस्ती करणीको आरोप लागेका एमाले नेता ऐन महरलाई बचाउँन प्रधानमन्त्री केपी ओलीनै लागेको पीडितले आरोप लगाएकी छन्। पीडित भनिएकी रश्मिला धामीले महरविरुद्ध मुद्दा चलाउन अदालतले आदेश दिए पनि प्रधानमन्त्री ओलीको दवाबमा बचाउँने काम भएको आरोप लगाइन्। बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै धामीले महरलाई सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन्। ०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिएपनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दवाबमा आदेश कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन्। मुद्धा अगाडि बढाइ दोषीउपर कानूनी कारबाही गराउन आफूले रिट दायर गरेको र अदालतले न्यायको आशा जगाए पनि महर खुलेआम हिँडिरहेकोप्रति आक्रोश व्यक्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सक्कल मिसिलसहित रविन्द्र मिश्रलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तीनकुने काण्डमा मुछिएका राप्रपा वरिष्ठ  उपाध्यक्ष रवीन्द्र मिश्रलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रपत्नी सारिकाले कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उपर यस्तो आदेश दिएको हो। सर्वोच्चले इजलासमा देखाएर फिर्ता लैजाने गरी मिश्रसहित उनीमाथि अनुसन्धान भइरहेका मुद्दाको सक्कल मिसिलसहित उपस्थित हुन आदेश दिएको छ। उनीमाथि संगठित अपराध र आपराधिक उपद्रवसहित राज्य विरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेको छ। चैत १५ गते आन्दोलनकै राति पक्राउ परेका मिश्रमाथि पटक-पकक म्याद थप हुँदै प्रहरी हिरासतमै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागबजारको गेष्ट हाउसमा युवतीको हत्या गरी फरार भारतीय भूपू सैनिक पक्राउ

गत चैत २९ गते काठमाडौंको बागबजारस्थित एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको थियो। नुवाकोटको सुर्यगढी नगरपालिका-१ घर भइ काभ्रेस्थली बस्दै आएकी २८ वर्षीया विमला तामाङको शव गेष्ट हाउसको कोठमा सडेगलेको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टमा ती महिलाको बलात्कारपछि हत्या भएको खुलेको छ। उनको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले बताए। उनी हिजो मंगलबार पक्राउ परेका हुन्। पन्त भूपू भारतीय सैनिक रहेको खुलेको छ। उनी विवाहेत्तर सम्बन्धमा पनि रहेको खुलेको छ। उनी मृतक युवतीसँगै उक्त गेष्ट हाउसमा बसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरस्थित पोखरीमा एक पुरुषको शव फेला

जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम-४ का ४० वर्षीय रविन कर्णको शव फेला परेको हो। हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डीएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जनासहित ९ जनाको टोली हिजो कर्णको खोजीमा परिचालन गरिएको थियो। टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज बिहान कर्णको शव तैरिइरहेको अवस्थामा फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

साफ यु-१९ च्याम्पियनसिपः भारतसँग नेपालको ४-० को हार, बंगलादेशसँग शुक्रबार

साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेतामा सीमित भयो। भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ। अब सेमिफाइनलमा शुक्रबार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, गभर्नर सिफारिस समितिका सदस्य नियुक्त हुँदै!

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी बोलाइएको हो। सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य नियुक्त गर्ने विषयमा निर्णय लिइने बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए जस्तो संस्थालाई कसैको स्वार्थका लागि विभाजित गर्न मिल्दैन: ओली

एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्। उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो  संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरूसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन।’ उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनले संस्थाको भलो चिताउने, एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका १४ स्थानीय तहसँग ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना’ साझेदारी कार्यक्रम

कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि साझेदारी गरेको छ।। प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनर्स्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो। सोमबार कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो। साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो। जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए। उनका अनुसार सुर्खेतका भेरीगङ्गा नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका छन्। यस्तै, रूकुमपश्चिमको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमिकोट गाउँपालिका छन्। यी स्थानीय तहहरूमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यो कार्यक्रम मार्फत लाभान्वित हुनसक्ने अनुमान गरिएको छ। तर, कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

दक्षिणी गाजास्थित अस्पतालमा इजरायली सेनाको आक्रमण, २८ जना मारिए

इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ। आक्रमणबाट दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो। गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ। पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र अस्थायी टेन्टको पनि व्यवस्था छैन। संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं