बिएल संवाददाता
इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ। आक्रमणबाट दर्जनौँ घाइते भएका छन्।
पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो। गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ।
पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र अस्थायी टेन्टको पनि व्यवस्था छैन। संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन्।
न्यूयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरू माथि अवरोध सृजना गरेको आरोप लगाएका छन्।
उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन्।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया