
किराँत समुदायले आज उभौली पर्व मनाइँदै
उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

बिएल संवाददाता - काठमाडाैं
उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।
बिएल संवाददाता - काठमाडाैं
खासगरी सिमानामा रहेका मदरसा, मस्जिद, मजारा तथा ईदगाहहरू पत्ता लगाएर स्थानीय प्रशासनले कारबाही गरेको हो। मुख्यमन्त्री योगी आदित्यनाथको आदेशमा ती संरचनाहरू भत्काइएको र बाँकी त्यस्ता अवैध संरचनाहरूको पनि खोजी भइरहेको प्रशासनले जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
‘वार्तामा बसेपछि कम्तीमा सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्योल हुनसक्छ। सम्झौता हुनै सकेन भने पनि कम्तीमा युरोपेली नेताहरू र अमेरिकालाई कुन कुन विषयवस्तु कहाँ कहाँ छन् भन्ने प्रस्ट हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ‘त्यसैले तत्काल, अहिले नै वार्ता गरिहाल…।’
बिएल संवाददाता - काठमाडौँ
‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’
बिएल संवाददाता - काठमाडौँ
वार्तामा दुई देशका मात्रै प्रतिनिधिहरू हुनेछन्। दुबै देशले अन्य तेस्रो देशको मध्यस्थतालाई अस्वीकार गरिसकेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो। यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गर्दैछन्।
बिएल संवाददाता - काठमाडौँ
दोस्रोपटक राष्ट्रपति भएसँगै भन्सार कर नीतिमा डोनाल्ड ट्रम्प निकै कडारुपमा प्रस्तुत हुँदै आएका थिए। उनी सबैभन्दा चीनप्रति नै आक्रामक देखिए। चिनियाँ वस्तुमाथि उनले १४५ प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यस्तै चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशत कर पुर्याइदिएको थियो।
बिएल संवाददाता - काठमाडौँ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता - काठमाडौँ
थाइल्याण्डको प्रहरीले सामाजिक सञ्जालमा यौन भिडियोहरू उत्पादन र बिक्री गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी १९ वर्षीया युवतीले थाइ प्रहरीलाई आफूले सदस्यता शुल्कबाट प्रति महिना ७० हजारदेखि ९० हजार भाटसम्म कमाएको बयान दिएकी छन्। साइबर अपराध अनुसन्धान ब्यूरो (सीसीआईबी) का अधिकारीहरूले नोन्थाबुरीमा छापा मार्ने क्रममा कानफरावीलाई पक्राउ गरेको बिहीबार जानकारी गराएको छ। ‘जिन्जिया’ नामक एउटा एक्स (पहिले ट्विटर) प्रयोगकर्ताले अनलाइनमा अश्लील भिडियोहरू पोस्ट गरेकोमा अनुसन्धानपछि प्रहरीले कानफरावीको खोजी तिव्र पारेको थियो।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्। जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए। लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्। पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
सम्झौताले दिगो शान्तिमा योगदान पुर्याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघ शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ। एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए। अमेरिकाको प्रत्यक्ष हस्तक्षेपमा भारत युद्धविरामका लागि तयार भएको थियो। तर, यता दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
भारत र पाकिस्तानबीच केही दिनदेखि तनाव जारी छ। युद्धविरामको बाबजुद पनि पाकिस्तान तर्फबाट धेरै क्षेत्रमा गोलीबारी भइरहेको छ। पाकिस्तानको बारेमा ओम पुरीको संवाद भाइरल भइरहेकाेबेला सनी देओल पनि निकै सक्रिय देखिएका छन्। आफ्ना फिल्महरूमा आतंककारीहरूलाई नष्ट गर्ने सनी देओलले आफ्नो आगामी फिल्म बोर्डर–२ को बारेमा ठूलो निर्णय लिएका छन्। अब सनी देओलले पहिलेको योजनामा काम गर्नुको सट्टा 'बोर्डर–२' मा काम गर्ने तयारी गरेका छन्। बक्स अफिस वर्ल्डवाइडका अनुसार, सनी पाजीले 'लाहोर १९४७' को बाँकी छायांकन रोकेका छन्। साथै, उनी आफ्नो अर्को देशभक्तिपूर्ण फिल्म 'बोर्डर २' मा पूर्ण रूपमा ध्यान केन्द्रित गरिरहेका छन्। सन्नी देओलले लिए एक्शन सनी देओल हाल देहरादूनमा छन्, जहाँ उनी 'बोर्डर–२' को छायांकन पूरा गरिरहेका छन्। यो जानकारी उनले आफैंले आफ्नो इन्स्टाग्राम मार्फत दिएका हुन्। वास्तवमा, यस समयमा भारत र पाकिस्तानबीच तनावको वातावरण छ। मे ७ मा, भारतले पाकिस्तानमा प्रवेश गरी धेरै आतंकवादी अड्डाहरूमा हवाई हमला गर्यो। नयाँ रिपोर्ट अनुसार, 'लाहोर १९४७' को छायांकन लगभग १५ दिन बाँकी छ। तर सनी देओलले अहिलेलाई यो रोकेका छन्, यसको कारण उनको डर हो, जुन सही साबित हुन सक्छ। १९४७ को लाहोरको काम किन रोकियो? स्रोतका अनुसार, सनी देओल भारत र पाकिस्तानबीच जारी तनावले उनको फिल्मलाई असर गर्न सक्छ भन्ने विश्वास गर्छन्। वास्तवमा 'लाहोर १९४७' विभाजनको कथामा आधारित छ। यो फिल्मलाई गलत तरिकाले लिन सकिन्छ। वास्तवमा 'लाहोर १९४७' राजकुमार सन्तोषीले निर्देशन गर्दैछन्। फिल्ममा प्रीति जिन्टा र अली फजल लगायत धेरै स्टारहरूले काम गरिरहेका छन्। र आमिर खानले यसलाई निर्माण गरिरहेका छन्। यो फिल्म सैयद असगर वजाहतको नाटक 'जिस लाहोर नही देखा'बाट लिइएको हो। अहिलेको अवस्थालाई ध्यानमा राख्दै सनीले बोर्डर–२ को काम पूरा गर्ने बताइएको छ। फिल्म अर्को वर्ष अर्थात् २०२६ मा रिलिज हुनेछ। उनको योजना पहिले बोर्डर २ रिलिज गर्ने छ। परिस्थिति शीतल भएपछि मात्र, लाहोर १९४७ लाई थिएटरमा ल्याउने योजना छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए। त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए। मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियामा नेपाली कवि तथा कलाकार जीवन खत्रीलाई रातो कार्पेटको सम्मान प्रदान गरिएको छ। गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो र आयोजकका अनुसार सुरुवाती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सवको अनुहार समेत भनिन्छ। रातो कार्पेटको सम्मान खत्रीका अलवा डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्की लगायत डकुमेन्ट्री चलचित्र निर्माण टिमलाई रातो कार्पेटले सम्मान गरिएको हो।
बिएल संवाददाता - सियोल, दक्षिण कोरिया
इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्याउने चेतावनी दिएका छन्। इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायलको यस्तो चेतावनी आएको हो। ‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमार्फत भनेका छन्। उनले थपेका छन्, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’ हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै रहेको इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
खोटाङ प्रहरीले आफ्नै श्रीमानको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ। हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। रेनुकाले घरायसी विवादको क्रममा ५१ वर्षीय श्रीमान पाँचकर्ण राईमाथि कोदालोको पासो प्रहार गरेकी थिइन्। आक्रमणबाट गम्भीर घाइते गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।
बिएल संवाददाता - खोटाङ
सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
यस्ता छन्, प्रधानमन्त्रीले संसदमा दिएका जवाफहरू १.गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ। हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ। विकास-निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ। त्यसैले प्रस्तुत नीति-कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो। यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो।
बिएल संवाददाता - काठमाडौं
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्। केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए। अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।
बिएल संवाददाता - रुपन्देही
अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन्। उनले भने, ‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिगत अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत-पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् । उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो। झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .