बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्।
जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए।
लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्।
पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।
कमल थापा तीनै हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेन निर्वाचित भएपछि पूर्वराजाको हस्तक्षेप रहेको भन्दै पार्टी नै फुटाएका थिए। केही समय आफूलाई गणतन्त्रवादी नै बताउँदै एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनसमेत लडेका थिए।
अन्ततः घुमिफिर थापा फेरि राजावादी क्याम्पमा पुगेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया