बिएल संवाददाता
इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्याउने चेतावनी दिएका छन्।
इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायलको यस्तो चेतावनी आएको हो।
‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमार्फत भनेका छन्।
उनले थपेका छन्, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’
हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै रहेको इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।
इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ।
यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ।
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया