सोमबार, ११ अगस्ट २०२५

भारतविरुद्ध पाकिस्तानले सुरु गरेको अपरेशन ‘बुनयान अल-मार्सस’को अर्थ के हो?

अपरेशन ‘बुनयान अल-मार्सस’ नाम इस्लामको पवित्र ग्रन्थ कुरानको एउटा आयतबाट लिइएको हो। न्यूयोर्क टाइम्सका अनुसार यसको अर्थ ‘एक दृढ र बलियो संरचना’ हो। अल जजीराको रिपोर्टअनुसार ‘बुनयान मार्सस’ एक अरबी वाक्यांश हो जसको प्रत्यक्ष अनुवाद ‘सिसाबाट बनेको संरचना’ हो। रिपोर्टले यो पनि थप्यो कि नाम जुन पदबाट लिइएको हो त्यसमा लेखिएको छ, ‘अल्लाहले साँच्चै युद्धको पङ्क्तिमा उहाँको मार्गमा लड्नेहरूलाई माया गर्नुहुन्छ, मानौं तिनीहरू एक ठोस सिमेन्टेड संरचना हुन्।’ त्यस्तै धेरै रिपोर्टहरूले यस अपरेशनसको नाम फरक-फरक व्याख्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांस्कृतिक र जातीय विभेदको चेपुवामा परेको प्रेमकथा: उनको स्वीटर

पाँचथरको लिम्बू बाहुल्य रहेको समाजको परिवेश, चालचलन र परम्पराबीच केही काफ्ले थरका बाहुन परिवारबीचको सामाजिक घुलनको कथा हो उनको स्वीटर। काफ्ले थरको बाहुन केटो र पाँचथरको लेककी गुरुङ्सेनीको प्रेम कथा हो उनको स्वीटर। चलचित्रको शुरुमा कथा अलिक गिजिङमिजिङ र बुझ्न गाह्रो जस्तो छ तर बिस्तारै कथा सललल बग्छ। लिम्बू बहुल समाजका बाहुनहरूको बोलीको लवज लिम्बूकै जस्तो सुनिँदा रमाइलो लाग्छ। कथाका हरेक पात्र र परिवेश  जिवन्त छन। चलचित्र हेरिरहे जस्तो कहीँ कतै लाग्दैन, बरु दर्शक स्वयम् त्यहि ठाउँमा पुगेको भान हुन्छ। गुरुङसेनी केटी र बाहुन केटोका प्रेम प्रसंगका दृष्य रमाइला छन्। विपिन कार्की र मिरुना मगरले पात्रमा प्राण भरेका छन। विपिन कार्कीको अभिनयले दर्शकलाई कहीँ हसाउँछ कहीँ रुवाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा एनसिए बैठक, परमाण हतियारबारे निर्णय लिनसक्छ!

पाकिस्तानको आन्तरिक तथा बाह्य सुरक्षा र प्रतिरक्षाका बारेमा निर्णय लिनसक्ने सबैभन्दा उच्च निकाय एनसिए हो। यसमा जनप्रतिनिधि तथा सैनिक नेतृत्वहरू हुन्छन। अरु सुरक्षा अंगका प्रमुखहरूमा पनि यसमा हुन्छन्।  युद्धका समय वा अरु आपतकालीन समयमा राष्ट्रको सुरक्षाका विषयमा अन्तिम निर्णय लिने अधिकार एनसिएलाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुढीगंगामा ‘विकास कचहरी’

प्रमुख बानियाँले भने, ‘बाजुरामा समस्या मात्रै छैन, सम्भावना पनि उत्तिकै छ, विभेद र विवाद मात्र होइन, एकता र अपनत्व पनि छ । संकट मात्रै होइन, अवसरहरू पनि प्रशस्त छन्। यस्तै  यथार्थ उजागर गर्न कार्यक्रम आयोजना गरिएको हो ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘एयर डिफेन्स सिस्टम’ के हो, भारत- पाकिस्तानसँग कस्तो र कति छन्?

योबीचमा दुबै तर्फका सेनाले एकअर्काको भूभागमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेका छन् र दुबैले एकअर्काका प्रहारलाई निस्तेज पारेको बताएका छन्।  त्यसरी प्रहार गरिएका घातक हतियारलाई आकाशमै नष्ट गर्ने प्रणालीलाई एयर डिफेन्स सिष्टम अर्थात् ‘वायु (हवाइ) प्रतिरक्षा प्रणाली’ भन्ने गरिएको छ।  भारतमा अहिले त्यो प्रणालीको ‘एस ४०० डिफेन्स सिष्टम’को चर्चा चलिरहेको छ। जसलाई भारतले केही वर्षअघि रुससँग किनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अपरेशन सिन्दूरको बदलामा पाकिस्तानको ‘अपरेशन बुनयान मरसुस’

भारतलाई आक्रमणको जवाफ दिन पाकिस्तानी सेनाले ‘अपरेशन बुनयान मरसुस’ सुरु गरेको छ। त्यसलाई उसले भारतको ‘अपरेशन सिन्दूर’को बदला भनेको छ।  मे ७ मा भारतले यही अपरेशनअन्तर्गत पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। त्यसमा कैयौं आतंककारीहरू मारिएका थिए। यद्यपि त्यसअघि र पछि पनि दुबै सेनाबीच गोली हानाहान भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मरणाशन्न कुट्ने शिक्षक पक्राउ, १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई  मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए। उनले भने म खाना खान बसेकामे थिएँ , अचानक कसैले फोन ग¥यो। तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुFदे। विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो। उनले भने कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन्। सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँशु झार्दै भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतमा पाकिस्तानले आक्रमण गर्दा निदाउन सकेनन् यी कलाकार...

कश्मीरसँग जोडिएका अभिनेता अनुपम खेरले आक्रमण स्थलको भिडियो सेयर गर्दै भने, ‘मेरो काका सुनील खेरले यो भिडियो जम्मूबाट मलाई पठाउनुभयो। मैले तुरुन्तै फोन गरें र सोधें कि उहाँ र उहाँको परिवार ठीक छन्रु अलिकति गर्वका साथ मुस्कुराउँदै उहाँले भन्नुभयो जय माता दी१ भारत माता अमर रहोस्१ हामी भारतमा छौं। र हामी हिन्दुस्तानी हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीतलनिवासमा राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ।  शुक्रबार राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएकाे हाे।  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विनाेद चाैधरीले गरे ऊर्जामन्त्रीको प्रशंसा, संसदमै दिए बधाई

सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी?

भारत–पाकिस्तानबीच उत्पन्न तनाव र घटनाक्रमबारे जानकारी गराएका श्रीवास्तलाई प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो– गोकुल बाँस्कोटा

उनले भने, ‘यहाँ साथिहरु व्यवस्था बदल्न आन्दोलन गरिरहेका छन्। सरकार संविधान संशोधन गर्छु भनिरहेको छ किन आन्दोलन गर्नुपर्यो त? अबको चुनावमा कोसिस गर्नुस् बहुमत ल्याउनुस्। अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नुस् बाँकी त कँहाबाट आउनु। राजा राजा भन्या छ निन्द्रा पनि नपर्ला जस्तो भईसक्यो आउदैन हजुर त्यतातिर कोसिस नगर्नु समयको बर्वादी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व छ– राष्ट्रपति

उनले राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुई ठूला दल देशलाई ध्वस्त पार्ने सहमतिमा छन्– सांसद सिंह

उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो।  तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन। त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन। मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ। यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन्। हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौं। गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको ‘दुश्मन’ पाकिस्तानसँग नेपालको साइनो कस्तो छ?

भारतसँग नेपालको जति साइनो अनि सम्बन्ध छ, पाकिस्तानसँगै त्यत्ति धेरै छैन। भूगोल, समाज, संस्कृती र रहनसहनमा झाँगिएको नेपाल-भारत सम्बन्धमा ‘गोर्खा सैनिक’ त्यही सम्बन्धको अर्को एउटा आयाम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत र पाकिस्तानमा रहेका नेपालीकाे सुरक्षा गर्न सभामुखको रुलिङ

‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, उनले भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप

‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमु लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ– प्रभु शाह

आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन्। शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अप्रेशन सिन्दूर’ले बलिउडमा मच्चायो धमाका

गत अप्रिल २२ गते। जम्मु–कश्मिरस्थित पहलगाममा आंतकवादीहरूको आक्रमणबाट एक नेपालीसहति २६ जनाको मृत्यु भयो। पाकिस्नतानसँग सम्बन्धित रहेको लश्कर ए तैयबाले गरेको आक्रमणको जवाफमा भारतले पाकिस्तानमाथि आक्रमण गर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले बालबालिकामाथि थाेरै लगानी गर्‍याे– सांसद राना

उनले भने, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि विनासर्त अनुमोदन गरेका छौँ। ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात अवस्था सबैसामु जगजायछ छ। तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानिय शाषनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ हालसम्म २६ स्थानीय तह र करिब १ सय वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ।  सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिवद्धता पुरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्युन छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं