सोमबार, ११ अगस्ट २०२५

कांग्रेसको मागः पाकिस्तानी आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिनुपर्छ

भारतलाई मात्र नभएर आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताएका हुन्। उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले हामी जोखिमयुक्त अवस्थामा छौं भन्ने हामीलाई लागेको छ। यो समयको जटिलताको सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ।’ त्यस्तै उनले धितोपत्र बोर्डको अध्यक्षले कमिसनको काण्डबारे छानबिन गर्न, अख्तियार प्रमुखले भ्रष्टाचारको पैसा विदेशबाट फिर्ता ल्याउन सकिएन भनेर दिइएको अभिव्यक्तिलाई पनि ध्यान दिन, र चाँडै गभर्नर नियुक्त गर्न सरकारलाई ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गभर्नर नियुक्त हुँदै! प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानले ‘जवाफी कारबाही’ थालेपछि भारतीय सेना ‘हाइ अलर्ट’मा

भारतले पाकिस्तानमा गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले जवाफी कारबाही थालेको छ। जम्मू-कश्मीरको सीमा रेखा नजिकको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएका र ५० बढी घाइते भएका पाकिस्तानी मिडियाले जनाएका छन्। पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ।  भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा बसको ठक्करबाट एकजनाको मृत्यु

बा ३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका यात्रु २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाकिस्तानको जवाफी कारबाही सुरु, सैन्यअधिकारीसहित १५ भारतीय मारिए

त्यसको बदलामा पाकिस्तानी सैनिकले पनि सिमा रेखाहरू नजिकका भारतीय बस्तीमा आक्रमण सुरु गरेको छ। त्यो आक्रमणमा भारतीय सैनिकका एकजना अधिकृत (लेस नायक) दिनेश कुमारको मृत्यु भएको भारतीय सैनिकले जनाएको छ। उनी फिल्ड ५ रेजिमेन्टका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाकिस्तानले भारतसँग बदला लिन सेनालाई दियो ‘खुला छुट’

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्। प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

धितोपत्र बोर्डमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। बुधबार अख्तियारले बोर्डमा छापा मार्दै आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको हो। निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो। अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको छ। निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएकी हुन्।  कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराए। प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने अर्थमन्त्री पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेलाई कांग्रेसले धोका दिँदैन: नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्। नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए।  ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने।  दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिलेकाहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

भारतको आक्रमणपछि पाकिस्तानमा उडान ठप्प, विद्यालय बन्द

पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। बुधबार कतार एयरवेजले जानकारी दिँदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ। पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ। त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टेरेस रिसोर्ट’मा के-के छन् सुविधा, कति पर्छ एक रातको?

आखिर कहाँ छ विलासी पर्यटकहरूका लागि बनेको ‘टेरेस रिसोर्ट’ एण्ड स्पा? प्रचण्ड लडेको रिसोर्ट छ ललितपुरको लाकुरी भञ्ज्याङमा। उक्त रिसोर्ट करिब एक सय करोड भन्दा बढी लगानीमा विलासी पर्यटकहरूलाई लक्षित गरी खोलिएको हो। के छ सुविधा? उक्त रिसोर्टमा २८ वटा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट रुमसहित स्पाको पनि सुविधा छ। कति पर्छ प्रति रातको? विभिन्न प्रि-बुकिङ वेभसाइटमा उल्लेख गरिएअनुसार सबैभन्दा सस्तो स्यान्डर्ड रुमको मुल्य प्रतिरात २५ हजार नेपाली रुपैयाँ पर्छ। त्यस्तै डिलक्स रुमको मुल्य ३० हजार र सुइट रुमको प्रतिरात ६५ हजार नेपाली रुपैयाँ उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोख्रेललाई ‘बरिष्ठ पत्रकार’ सम्मान

मोफसलबाट पत्रकारिता गर्दागर्दै पत्रकारिता क्षेत्रको उच्च पदमा पुगेका पोख्रेल महासंघका पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष पनि हुन्। संघीयतासँगै नेपाल पत्रकार महासंघको नेतृत्व पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिदैं आएको छ।  युद्धकालका बेला पोख्रेल नेपाल पत्रकार महासंघको उपाध्यक्ष थिए। उनले त्यो बेला युद्धको मारमा परेका धेरै पत्रकारहरूका लागि राज्य र तत्कालीन विद्रोहीसँग मध्यस्थता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतलाई पाकिस्तानी अभिनेत्रीले दिइन् कायरताको ‘ट्याग’

हानिया आमिरले सेयर गरेको स्टोरीमा लेखिएको छ, ‘मैले कुनै पनि पाकिस्तानीलाई पहलगाम आक्रमणको उत्सव मनाएको देखेको छैन तर अनगिन्ती भारतीयहरूले ट्विटरमा निर्दोष मानिसहरूको मृत्युको उत्सव मनाइरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मिडियाले तल्लोस्तरको भाषा प्रयोग नगरोस्, सरकारबाट कुनै नियन्त्रण हुदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन र नियन्त्रण नभएको दाबी गरेका छन्। बुधबार गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले ३०-३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दवाब, निर्देशन, नियन्त्रण नभएको दाबी गरे। उनले भने, ‘गोरखापत्रले धेरै उतारचढाव देखेको छ। यही उतारचढावलाई झेल्दै विकास भएको छ। त्यो बेला कति गाह्रो थियो होला सम्पादकीय लेख्न आज त तपाई के सम्पादकीय लेख्नुहुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र? प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र? आँखा पनि झिम्काउदैन त्यता तिर सरकारले। आज त तपाईंहरू जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनुहुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन।’ ओलीले अंग्रेजी भाषाको नक्कल गरेर अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गरेर नेपाली भाषाको कद घटाएको आरोप लगाए। ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने सुझाव मिडियाहरूलाई दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घरमा होइन्, मध्यरातमा लाँकुरी भञ्ज्याङको टेरेस रिसोर्टमा थिए प्रचण्ड

धबार बिहान माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शौचालयमा लडेको खबर एकाएक भाइरल भयो। माओवादी नेताहरूले प्रचण्ड आफ्नै निवासको बाथरुपमा लडेको दाबी गरे।  प्रचण्डपुत्री गंगा दाहालले मंगलबार राति वाथरुममा चिप्लिएर लडेपछि त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको जानकारी गराएकी थिइन्। ‘गएराति बाथरुममा  चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु’ गंगाले भनेकी थिइन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केही समय लाग्ला तर राजनीतिको नेतृत्व ‘नयाँ पुस्ता’ले नै लिन्छन्ः प्रदीप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नयाँ विषय ल्याउनेहरू कै पक्षमा नेतृत्व जाने र राजनीतिको नेतृत्व पनि पछिल्लो पुस्ताले नै लिने बताए। उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न सकिदैन भन्दै पलायन हुने होईन। गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ। समस्याको समाधान दिने हिसाबले नेतृत्वमा आउनु, जतिले चाहेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ। केही समय लाग्न सक्छ तर अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरू कै पक्षमा जान्छ।’ यस्तै, उनले विद्यार्थी आन्दोलनले साझा मुद्दा पहिचान गरेर त्यसको आधारमा अगाडि जाने अवस्था भयो भने राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा भारतको आक्रमणपछि ट्रम्पको प्रतिक्रियाः अनुमान पहिल्यै थियो, यो लाजमर्दो हो

भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् । बुधबार ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले तनाव चाँडै अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘यो लाजमर्दो कुरा हो। मलाई लाग्छ, मानिसहरूलाई लडाईं हुन सक्ने अनुमान पहिले नै थियो। म आशा गर्छु, यो तनाव चाँडै अन्त्य हुन्छ।’ गत अप्रिल २२ मा कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार पाकिस्तानका आतंकवादी अड्डामा हवाई आक्रमण गरेको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच भारतीय फाइटर विमान खसालेको पाकिस्तानको दाबी

पाकिस्तानी सेनाले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेको छ। रोयटर्सले सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेका हुन्। उनले भनेका छन्, ‘अहिलेसम्म, म यहाँलाई पुष्टि गर्न सक्छु कि तीन राफेल, एक एसयू-३० र एक मिग-२९ सहित पाँच भारतीय विमान र एक हेरोन ड्रोन पनि खसालिएको छ।’ यद्यपि भारतले भने पाकिस्तानको दाबी र आफ्नो तर्फ भएको क्षतिबारे कुनै जानकारी गराएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

चीनले भन्यो, ‘पाकिस्तानमाथि भारतको आक्रमण दु:खद्’

एक विज्ञप्ती जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले भारत र पाकिस्तान दुबै चीनका असल छिमेकी रहेको भन्दै परिस्थितिलाई अझ जटिल बनाउने काम नगर्न पनि भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतलाई ‘कडा जवाफ’ दिने पाकिस्तानको चेतावनी

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू-कश्मीर क्षेत्रमा रहेका ‘आतंकवादी पूर्वाधार’माथि निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ