बिएल संवाददाता
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्।
प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’
आणविक शक्ति सम्पन्न दुई देशबीचको यो टकराबको स्थिति गत २२ अप्रिलमा कश्मीरमा भएको आतंकवादी हमलापछि आएको हो। मंगलबार मध्यरातमा भारतले पाकिस्तानका आतंकी ठेगानाहरूमा हवाइ आक्रमण गरेको दाबी गरेको छ।
पाकिस्तानी सेनाले आजाद कश्मीरका छ स्थानहरूमा भारतले हवाइ हमला गरेको बताएको छ। आजाद कश्मीर विवादित कश्मीर उपत्यकाको पाकिस्तानी नियन्त्रित क्षेत्र हो।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया