बिएल संवाददाता
बुधबार बिहान माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शौचालयमा लडेको खबर एकाएक भाइरल भयो।
माओवादी नेताहरूले प्रचण्ड आफ्नै निवासको बाथरुपमा लडेको दाबी गरे।
प्रचण्डपुत्री गंगा दाहालले मंगलबार राति वाथरुममा चिप्लिएर लडेपछि त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको जानकारी गराएकी थिइन्।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु’ गंगाले भनेकी थिइन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’
प्रचण्डको टाउको र निधारमा चोट लागेको र केही टाँका पनि लगाउनु परेको परेको बताइएको छ।
तर प्रचण्ड आफ्नै निवासमा नभइ लाकुरी भञ्ज्याङमा रहेको विलासी पर्यटकहरूका लागि खोलिएको ‘टेरेस रिसोर्ट’ एण्ड स्पाको वाथरुपमा लडेको प्रचण्डनिकट स्रोतले बताएको छ।
माओवादी नेताहरूले किन प्रचण्ड दुर्घटनामा परेको रिसोर्ट खुलाउन चाहेनन्? त्यो भने बुझ्न सकिएको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया