
बद्री गुटसँग ओलीको गुनासो- ‘आरजुले टेरिनन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न पुगेका एनआरएनएका अवैध अध्यक्ष बद्री केसी समूहसँग परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई नटेरेको गुनासो गरेका छन्। यतिबेला एनआरएनएको एकता महाधिवेशनले आधिकारिक नयाँ कार्यसमिति चयन गरेसँगै ‘अनाधिकृत अध्यक्ष’ बद्री केसी समूहको बिल्लीबाठ भएको छ। सोमबार सो समूह हारगुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको थियो। भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताउँदै आगामी अक्टोबरमा हुने अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए। उनले ११औं महाधिवेशनले मान्यता पाइसकेकोले अरु महाधिवेशन भयो/भएन भन्ने कुराले कुनै अर्थ नराख्ने बताए। त्यस्तै उनले केसी समूहसँग परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई नटेरेको गुनासो गरे।

बिएल संवाददाता - काठमाडौं