मङ्गलबार, १२ अगस्ट २०२५

धनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ घाइते (नामसहित)

News Image
• • •

धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा दुर्घटनाग्रस्त हुँदा एक वृद्धाको ज्यान गएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका-६ गोठगाउँमा सोमबार बिहान करिब १० बजेतिर को१ख २१७७ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार दुर्घटनामा धनकुटा-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ।

गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

बसमा १४ जना सवार थिए। अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए।

घाइतेहरूको विवरणः 

गम्भीर घाइतेहरू
भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ
भोजपुरकै ६० वर्षीय देवी विक
धनकुटाका ६० वर्षीय हंशबहादुर राई

अन्य घाइतेहरूः
धनकुटाका ३४ वर्षीय धनकुमार बिक
धनकुटाकै ६० वर्षीया दीर्घमाया राई
भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ
भोजपुरकै अनमोल तामाङ
भोजपुरकी २४ वर्षीय सविना बराइली
भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा
भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ
बस चालक सुनसरीका ५१ वर्षीय रुद्र तामाङ
सुनसरीका ४८ वर्षीय कृष्ण राउत
सुनसरीका २७ वर्षीय आयुष राई

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!