मङ्गलबार, १२ अगस्ट २०२५

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिनेछ– राष्ट्रपति

उनले भने, ‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ। देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ। आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं। रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेट्रोलियम गाडीमा यूरो–६ लागू

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेट्रोलियम गाडीमा यूरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा

सरकारले सहकारीमा थोरैमात्रामा रकम बचत गरेका पीडितहरूको रकम फिर्ताको घोषणा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारले समस्याग्रस्त सहकारीहरूमा साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने

सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ। शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा विधेयक ऐन संसदको यही अधिवेशनबाट पारित हुने

‘शिक्षालाई सुलभ, गुणस्ततरीय र जीवनोपयोगी बनाइनेछ। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र व्यवहारिक सुधार गरिनेछ’ सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन् ‘विद्यालय शिक्षा सुधार गर्नका लागि बनेको शिक्षा विधेयक ऐनलाई लाई यसै अधिवेनशनबाट पारित गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्टार्टअप कर्जा’ दिने सरकारको घोषणा

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरूमा जेन् जी पुस्तालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप’ कर्जाको व्यवस्था पनि गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अराजकता सिर्जना हुन नदिन सरकार दृढ छ’

‘बेलाबेलामा प्रकट हुने नकारात्मक सोंच, संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ’ पौडेलले सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन् २०२६ सम्म नेपाल विकासशील राष्ट्र

‘१६औं पञ्चवर्षीय योजनाअनुरुप, सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नतीको संक्रमणलाई सहज तुल्याउने रणनीति लागु गरिने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब लाेडसेडिङ हुँदैन– हितेन्द्रदेव शाक्य

'हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं ।अब लोडसेडिङ गराउन लाग्यो भनेर। यो तथ्याङ्कलाई मनन गर्नुपर्छ। यो अवरोध लाई क्रमश कम गर्दै लैजाने छ। अहिले जसरी बत्ती जान लाग्यो बत्ती गयो भनेर यो एउटा संवेदनशीलता हाे', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली दूतावासले केआईआईटीका प्रतिनिधिलाई बाेलाएर गर्‍यो छलफल

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली दूतावासले सो शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरषदको बैठक रोकियो

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन्। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। बैठक दिउँसो ३ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभरिका हलमा चलचित्र ‘झिल्को’

आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको छ। यस चलचिमा स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक समस्या, अभिभावकको बेवास्ता र अभिभावक–सन्तानबीच बढ्दो दूरीजस्ता समस्या केन्द्रित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईईटीमा प्रिसा साह मृत्यु: नेपालले कुटनीतिक पहल थाल्यो, तत्काल छानबिन गर्न ओडिसा सरकारको आदेश

बिहीबार साँझपख उनलाई विश्वविद्यालयका कर्मचारीहरूले छात्राबासको आफ्नै कोठामा मृत फेला पारेका थिए। खबरको पुष्टीपछि नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यसबारे कुटनीतिक पहल अघि बढाएको छ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घटनापछि दूतावासमार्फत घटनाको सत्य,तथ्य छानबिन गर्न र कुटनीतिक पहल थालेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको उडिसास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कटारीमा स्कारपियो दुर्घटनाः दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

दमकका जनप्रतिनिधि र कर्मचारी सवार गाडी दुर्घटनामा अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते उदयपुरको कटारी नगरपालिका-६ सोमबारेमा सवारी दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। बिहीबार दिउँसो करिब ४ बजे चितवनबाट झापा जाँदै गरेको मे१च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका-३ का ५५ वर्षिय माधव बस्नेतको मृत्यु भएको हो। बस्नेतको कटारी प्रादेशिक अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले बताए। अर्का घाईते दमक नगरपालिका-१० का ४९ वर्षिय राजेन्द्रप्रसाद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर